भारतीय सेनामा नेपाली महिला भर्ती आव्हान बन्द गर्न माग

काठमाडौं । संयुक्त महिला संघ संघर्ष समितिले भारतीय सेनामा नेपाली महिला भर्ती आव्हान बन्द गर्न माग गरेको छ। संघर्ष समितिले भारतीय दुतावासकाे कल्याणकारी शाखाद्वारा २०७८ जेठ ३१ मा प्रकाशित नेपाली महिलालाई भारतीय सेनामा तल्लाेस्तरकाे जवानका रुपमा भर्ती गर्न जारी सुचनाकाे घाेर विराेध तथा तीव्र भर्त्सना गर्दै सो माग गरेको हो। संघर्ष समिति कुनै पनि कुटनैतिक निकायले आफ्नाे देशकाे सुरक्षा सेनामा खुल्लमखुला अर्काे देशकाे व्यक्तिलाई भर्तीका लागि आव्हान गर्न पाउँछ ? भन्ने प्रश्न गर्दै जारी गरेकाे विज्ञप्तिमा यश बिषयमा नेपालसँग कुनैे सम्झाैता भए नभएकाे सत्यतथ्य तुरुन्त सार्बजनिक गर्न सरकारसँग माग गरिएकाे छ ।
अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द , अनेमसंघ (क्रान्तिकारी)कि अध्यक्ष अम्बिका मुड्भरी, अखिल नेपाल प्रगतिशील महिला संघकि अध्यक्ष सीता सुवेदी, अखिल नेपाल महिला संघकी अध्यक्ष मीना पुन र वैज्ञानिक समाजवादी महिला संगठनकी अध्यक्ष धनकुमारी सुनारको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा नेपाली महिलाकाे भारतीय सेनामा भर्ती आव्हानलाई तुरुन्त बन्द गर्न नेपाल सरकारसँग जाेडदार माग गरिएकाे छ ।