सर्वोच्चद्वारा ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन आदेश

२०७८ असार ८ गते, मंगलवार


काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्तासम्म लगाउन सकिने सिफारिस गरेको छ । तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ । ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा रिट दिएका थिए । उक्त रिटमा सुनवाइ गर्दै मंगलबार सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको उक्त मुद्दामा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]