‘राजनीतिक आडमा विद्यालयमा आर्थिक हिनामिना नगर ‘

काठमाडौँ । अखिल (क्रान्तिकारी) नुवाकोटले वेलकोटगढी नगरपालिका-२ मा रहेको श्री श्रमिक आधारभूत विधालयका प्रधानाध्यापक राजु लामिछानेले राजनीतिक आडमा गुन्डागर्दी, आर्थिक अनियमितता लगायतका कार्य गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनका नुवाकोट संयोजक मेघेन्द्र न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालयका प्रधानाध्यापक लामिछानेले नगरबाट निकासा हुने संस्थाको रकम हिनामिना गरेको ठोकुवा गरेका छन । उनले केही समयदेखि ७ जना शिक्षक, कर्मचारीहरुको तलब ५ लाख ३३ हजार ३९० हिसाबमा नदेखिएको, श्रम गर्ने श्रमिकको ज्याला रकम नदिएको, विद्यालयमा विभिन्न शिर्षकमा निकासा हुने रकम पोशाक, छात्रवृत्ति, खेलकुद, विज्ञान प्रयोगशाला, खाजा भत्ता, पुस्तकालय आदिमा भ्रष्ट्राचार गरेको उल्लेख गर्दै यस्ता सामाजिक अपराधिक कार्य विरुद्ध कडा संघर्षमा जान वाध्य हुने बताएका छन । साथै त्यसबाट उत्पन्न परिस्थितिको स्वयम जिम्मेवार हुने व्यहोरा विज्ञप्ती मार्फत जानकारी गराएका छन ।
