यूएई प्रवेशमा २१ जुलाइसम्म प्रतिबन्ध !

२०७८ असार १३ गते, आईतवार


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को नागरिक उड्डयन प्राधिकरणले नेपालसहित १३ देशका नागरिकलाई २१ जुलाइसम्म प्रतिबन्ध यथावत राखिएको जनाएको छ । प्राधिकरण अनुसार नेपालसहित भारत,लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिकाको प्रतिबन्ध यथावत राखिएको जनाएको छ । कार्गो उडानका साथै व्यवसाय र चार्टर उडानहरूलाई प्रतिबन्धबाट छुट दिइने जनाएको छ । यसअघि यूएईले नेपाली नागरिकलाई ७ जुलाइ सम्मलाई देश प्रवेशमा रोक लगाएको भए पनि अहिले जुलाई २१ सम्म बढाइएको छ ।
यूएईको यो नयाँ निर्णयसंगै त्यहाँबाट घर बिदामा नेपाल गएका कामदारहरुलाई भने थप समस्या हुने देखिएको छ । यूएई यसरी नेपाली नागरिक माथि लगाएको प्रतिबन्ध थपदै गए हजारौं नेपालीहरुको रोजगारी गुम्ने खतरा छ । यूएई–नेपाल सातामा चारवटा चार्टर उडान भइरहे पनि ती विमानहरूले नेपालबाट यात्रु लान पाउने छैन्, त्यहाँबाट मात्र यात्रु लिएर फर्किने छन् । यूएई कोरोना खोप (भ्याक्सिन) अनिवार्य लगाएका यात्रुलाई मात्र प्रवेश अनुमति दिने घोषणा गरेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, सिनोफार्म, स्पुतनिक–५ खोपलाई मात्र मान्यता दिएको छ । ति खोप नलगाएसम्म नेपाली कामदारले अहिले तत्काल प्रवेश पाउने छैनन् ।

प्रतिक्रियाहरु

[anycomment]