१८ गतेबाट देशभर सार्वजनिक सवारी साधन चलाउने उदघोष !

काठमाडौं । नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संगठनले बिज्ञप्ति जारी गर्दै सार्वजनिक यातयात सञ्चालन गर्ने निर्णय असार १० गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको कार्यकक्षमा भएको सरोकारवालको बैठकमा दिएको सुझाव विपरित भएको उल्लेख गरेका छन् । उनीहरुले सम्पूर्ण यातायात मजदुरहरुलाई १८ गतेबाट देशभर यातायात सञ्चालन गर्न आग्रह समेत गरेका छन् ।
सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै निजी सावारी साधन, पसल, व्यापार व्यवसाय क्रमश खुल्दै जाने तर अर्थतन्त्र गतिशिल बनाउने सार्वजनिक सवारी साधनमा भने अंकुश लगाउनु अव्यवहारिक भएको भन्दै आफ्नो माग पुरा नभए सार्वजनिक यातयात चल्न नदिने बताएका छन् । उनीहरुले माग पुरा नभए १८ गतेबाट मात्रै यातायात सञ्चालन गर्ने जनाएका छन् । मजदुर संगठनहरुले दिएका सुझावलाई बेवास्था गर्दै एकांकी रुपमा असार १५ बाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय तत्काल सच्याउन पनि आग्रह गरेका छन् ।