कोरोना संक्रमितको निःशुल्क उपचार सरकारी अस्पतालबाट मात्रै !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचारका लगि सम्झौता गरेका मेडिकल कलेजहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । सम्झौता गरिएका मेडिकल कलेजहरुलाई आजसम्म भर्ना भएकाहरुको आजकै मितिले १० दिनसम्मको सोधभर्ना रकम उपलब्ध गराइने गर्दै सरकारले आजदेखि सरकारी अस्पतालबाट मात्रै कोभिडको निःशुल्क उपचार हुने जनाएको छ ।
आजदेखि भर्ना भएका कोभिड संक्रमितको उपचार गरेबापतको सोधभर्ना रकम उपलब्ध नगराइने मन्त्रालयले जनाएको छ ।