एमाले केन्द्रीय कमिटी बैठक नेपाल समूहद्वारा बहिष्कार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नजाने भएका छन । खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली पक्षले बोलाएको बैठक नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली विपरीत भएको निश्कर्ष निकाल्दै बैठकमा नजाने बताएका हुन् । यसैबिच, एमालेका दोस्रो तहका नेताहरूको छलफलले तिव्रता पाएको छ । पार्टी एकता जोगाउन हिजो बिहान र साँझ दुई पपटक नेताहरुबिच छलफल भएको बताइएको छ । छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल तथा असन्तुष्ट पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य सहभागी भएको बताइएको छ । हिजोको छलफलमा माधव पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सार्न प्रस्ताव राखेका छन् ।