१४० जना विद्यार्थी र नर्सको अपहरण !

२०७८ असार २२ गते, मंगलवार


काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारीको समूहले १ सय ४० विद्यार्थीको अपहरण गरेको छ । अज्ञात बन्दुकधारीको समुहले उत्तर पश्चिम नाइजेरियाको बेथेल बाब्तिस विद्यालयका विद्यार्थी अपहरण गरेको हो । बन्दुकधारीले जारिया क्षेत्रको एउटा क्षयरोग तथा कुष्ठरोग उपचार केन्द्रबाट दुई नर्ससहित कम्तिमा ८ जना स्वास्थ्यकर्मी र कर्मचारीको पनि अपहरण गरेका छन् । विद्यालयमा मोटरसाइकलमा प्रवेश गरेका उनीहरुले गोली प्रहार गर्दै विद्यार्थीहरुको अपहरण गरे लगत्तै उनीहरु कुष्ठरोग केन्द्रमा प्रवेश गरी नर्स र बालबालिकाको अपहरण गरेका हुन् ।
अपहरणमा परेका २६ जना शिक्षिकाहरुलाई रिहा गरिएको छ । १८० जना विद्यार्थी रहेको सो विद्यालयमा १ सय ४० जनाको अपहरण गरिएको हो भने २० जना सम्पर्कमा आएका छन् । अन्य २० जनाको खोजी भइरहेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । नाइजेरियामा गत डिसेम्बरदेखि हालसम्म १ हजार विद्यार्थी अपहरणमा परिसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु