श्रम शिविर बन्द गर्न बहस

२०७० पुष १० गते, बुधबार


१० पुस । चीनमा आधा शताब्दीअगाडि उपयोगमा ल्याइएको ‘श्रममार्फत पुनःशिक्षा’ नामक शिविरले आफ्नो उद्धेश्य प्राप्त गरेको भनी उच्च संसदीय समितिले त्यसलाई हटाउने पक्षमा मतदान गरेको छ ।
चनियाँ संसद राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिले एक शिशुको सीमालाई सरल बनाउने अर्को नीतिलाई पनि समर्थन जनाएको छ ।चीनको सत्ताधार कम्युनिस्ट पार्टीले नोभेम्बर महिनामा एक प्रमुख भेलामा अनेकौं दृढताका साथमा लामो समयसम्म प्रतिक्षा गरिएका अनेकौं सुधारको घोषणा गरिएको थियो ।
सिन्ह्वाको समाचारमा सांसदहरूले श्रममार्फत पुनःशिक्षा अर्थात लाओजियाओले सार्वजनिक सुरक्षा तथा सामाजिक स्थायित्व कायम गर्न तथा दोषीलाई सुधार्न महत्वपूर्ण भूमिका खेलेको तर अन्य सुधारात्मक योजना तथा नयाँ कानुन र संशोधनका कारण यसको आवश्यकता सकिएको बताएको उल्लिखित छ ।यो निर्णय सोमबार आरम्भ भएको छ दिने बैठकमा लिइएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।-एजेन्सी,

प्रतिक्रियाहरु

[anycomment]