सरकारी गाडीभित्र यौनजन्य गतिविधि गर्ने प्रहरीको फन्दामा

२०७८ असार २५ गते, शुक्रबार


काठमाडौं । सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भक्तपुरस्थित घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् । शम्भु कार्की र ती महिला गाडीभित्रै अश्लील गतिविधि गरिरहेका थिए ।
प्रदेश नंं ३–०१–००२ झ ५०५२ नम्बरको गाडी रोकेर उनीहरू अश्लील गतिविधि गरिरहेका वेला बुधबार राति ११ बजे फेला परेको भक्तपुरका डीएसपी दीपक गिरीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]