नेकपाका नेता सुदर्शन अस्वस्थ : गङ्गालाल हृदयकेन्द्रमा भर्ना

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ मुटुमा गम्भीर समस्या देखिएपछि उपचारको लागि शुक्रबार अपराह्न काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदयकेन्द्रमा भर्ना भएका छन ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, प्रोस्टेट, कोलेस्टेरोल र लिभरको नियमित औषधी सेवन गर्दै आएका नेकपा नेता सुदर्शनको एक साताअगाडि मुटु असहज भएपछि कारागार स्वास्थ्य विभाग नख्खुमै स्वास्थ्य परीक्षण गरिएको जानकारी पारिवारिक स्रोतले दिएको छ । परीक्षणपछि स्वास्थ्यकर्मीले एक साताअगाडि नै गङ्गालाल हृदयकेन्द्र लैजान रिफर गरे पनि कारागार प्रशासनले समयमै अस्पताल नलगेका कारण स्वास्थ्यमा थप समस्या आएको बताइएको छ ।
शुक्रबार मुटुमा थप समस्या आएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अहिले काठमाडौँको बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।