जेष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको घोषणा

२०७८ असार २७ गते, आईतवार

काठमाडौं । कास्कीस्थित लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गरेका छन्। पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो।
लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको २५ औँ स्थापना दिवस तथा रजत वर्षको शुभारम्भ कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष कर्माचार्यले आफूले ७० वर्ष पार गरेको सन्दर्भमा पुरस्कारको घोषणा गरेका हुन्। यही २०७८ सालदेखि सञ्चालनमा आउने पुरस्कारको राशि रु ७५ हजार रहने उनले जानकारी दिए।
ज्येष्ठ नागरिकको अधिकार प्राप्तिका पक्षमा लेख, रचना, श्रव्यदृश्य आदिद्वारा पु¥याएको योगदानको कदर गर्दै सो पुरस्कार प्रदान गरिने जनाइएको छ। पुरस्कार छनौट समितिमा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्षको संयोजकत्वमा सङ्घका पूर्वअध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार मध्येबाट एक जना, नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष वा महासङ्घले तोकेको व्यक्ति, पूर्व सम्मानित प्रतिभा मध्येबाट एक जना र सङ्घको महासचिव पदेन सदस्य सचिव रहने व्यवस्था छ। पुरस्कार हरेक वर्ष असार २० गते सङ्घको स्थापना दिवसको अवसरमा प्रदान गरिनेछ। -रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज श्रीपञ्चमी

२०८२ माघ १० गते, शुक्रबार

आज सोनाम ल्होसार

२०८२ माघ ६ गते, सोमबार