नेकपा गुल्मीद्वारा पहिरो पीडितलाई राहत प्रदान

२०७८ असार २७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले रेसुङ्गा नगरपालिका–१०, सिमिचौरका पहिरो पीडित बेदुराम विकको परिवारलाई घरमै पुगेर राहत प्रदान गरेको छ । विकको परिवारलाई दैनिक अति आवश्यक पर्ने खाद्यन्य दाल, चामल, नुन, तेल प्रदान गरिएको वसन्त गैरेले जानकारी दिए । गत असार २३ गते घरमाथिबाट खसेको पहिरोले विकको घरमा पूर्णरुपमा क्षति पुर्याएपछि ७ जनाको पविार रहेका उनीहरू आफन्तकोमा आश्रय लिएर बस्दै आएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु