नेकपाद्वारा एकल महिलाको खेतमा रोपाइँ गर्न सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ महानगर समितिले एकल महिलाको भगवती कोइरालाको खेतमा धान रोपाइँ गर्न सहयोग गरेको छ । सो पार्टीका नेता – कार्यकर्ताले आर्थिक अभाव र श्रमशक्ति नभएकाहरूलाई सहयोग गर्दै आएका एकल महिला भगवती कोइरालाको खेतमा रोपाइँ गर्न सहयोग गरेका हुन् ।
काठमाडाैँ महानगर कमिटी इन्चार्ज अबिरलको नेतृत्वमा असार २५ र २६ गते कोइरालाको नाकढुङ्गास्थित खेतबारी रोपाइँ गरिएको नेकपाले जनाएको छ । महानगर इन्चार्ज अबिरलले एकल महिला भगवती कोइरालाको घरमा श्रमशक्ति नभएको र आर्थिक अभावका कारण समयमै धान रोपाइँ हुन नसकेर खेत बाँझो रहेको जानकारी पाएपछि आफूहरुले सहयोग गरेको बताए ।
उक्त धान रोपाइँ कार्यक्रममा नेकपा महानगर समिति इन्चार्ज अविरल चन्द, नागार्जुन इन्चार्ज गणेश, महानगर समिति कार्यालय सचिब सङ्घर्ष, पार्टी एसियम अदृश्य, राजु, बविन लगायत स्थानीय जनताहरूको समेत सहभागिता रहेको थियो ।