जनगणतान्त्रिक सम्पर्क मञ्च सिन्धुली, खोटाङ र सुनसरीको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्चको बिभिन्न जिल्लाको बैठक सम्पन्न भएको छ । सिन्धुली – काठमाडौं सम्पर्कको सुनिल लामाको अध्यक्षतामा बैठक सपन्न भएको छ भने खोटाङ – काठमाडौ सम्पर्क मञ्चको अनिल राईको अध्यक्षतामा बैठक समपन्न भएको छ । त्यसैगरी सुनसरी – काठमाडौ सम्पर्क मञ्चकको बैठक लालबहादुर थापामगरको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । उक्त तिनवटै जिल्लाको बैठक जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बताइएको छ । ति बैठकका अतिथिमा जनगणतान्त्रीक सम्पर्क मञ्चका महासचिव पुर्ण श्रेष्ठ सचीवहरु सुशील बलम्पाकी , खेम प्रधान कोषाध्यक्ष निश्चल थापा रहेका थिए । बैठकमा केन्द्रिय अध्यक्ष कमानसिंहले जतिसुकै अप्ठ्यारो परिथिस्ती आएपनी संगठनलाई इमानदारीता , कर्मनिष्ठापुर्ण साथ अगाडि बढाउने साथै सम्पर्क मञ्चसंग जोडिनु पुगेका ७४ जिल्लासंग जोडि संगठन विस्तार गर्ने बताएका थिए । तिनवटै जिल्ला अध्यक्षले आ – आफ्नो जिल्लासंग जोडि जिल्लाबाट काठमाडौँ आइबसेका जिल्ला बासिहरुको हरेक समस्याहरु समाधान गर्दै जाने र संगठनलाई विस्तार गर्ने बताएका थिए । बैठक जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रिय कार्यलय अनामनगर स्थित देबिनगर बसेको थियो ।