युरोपमा शताब्दीकै खराब वर्षा र बाढी !

काठमाडौँ । युरोपमा एक शताब्दीकै खराब वर्षापछिको बाढीले जनजिवन अस्तव्यस्त बनाएको छ । पश्चिम युरोकपमा मुलुकहरु बाढीको चपेटामा परेका छन् । बाढीमा परेर अहिलेसम्म कम्तिमा ५५ जनाको मृत्यु भईसकेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । जर्मनीमा मात्रै ७० जना हराईरहेका छन् । त्यहाँ ४९ जनाको मृत्यु भईसकेको छ । बेल्जीयममा ६ जनाले ज्यान गुमाएका छन् । लक्जेम्वर्ग र नेदरल्याण्ड्स पनि बाढीबाट अति प्रभावित मुलुकमा परेका छन् । पश्चिमी युरोपमा एक शताब्दीयताकै भिषण वर्षा भएको युरोपेली मौसम एजेन्सीहरुको तथ्यांक छ । – एजेन्सी