जनगणतान्त्रिक सम्पर्क मञ्च उदयपुर , धादिङ र झापाको बैठक सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समिति अन्तगत उदयपुर – काठमाडौं , धादिङ – काठमाडौ र झापा – काठमाडौ सम्पर्क मञ्चक बैठक सम्पन्न भएको छ। उत्त्त तिनवटै कार्यक्रमका प्रमुख अथिती जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंह रहेका थिए भने अथितिहरुमा जनगणतान्त्रीक सम्पर्क मञ्चका सचीवहरु सुशील बलम्पाकी , खेम प्रधान र किसान महासंघ केन्द्रिय अध्यक्ष हरि श्रेष्ठ रहेका थिए । उक्त कार्यक्रम बोल्दै केन्द्रिय अध्यक्ष कमानसिंहले संगठन अगाडि बढाउन क्रियासिल भएर भएर लाग्नु पर्ने बताउदै वैज्ञानिक समाजवाद ल्याउनका लागी सबै प्रतिबद्ध भएर लाग्नु पर्ने बताए । त्यसैगरी उदयपुर – काठमाडौं सम्पर्कको कार्यवाहक अध्यक्ष सुबाश राई , धादिङ – काठमाडौ सम्पर्क मञ्चको अध्यक्ष प्रतीक अधिकारी र झापा – काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष रत्न ताजपुरियाले आ – आफ्नो जिल्लाबाट आइ बस्ने जिल्लाबासिसंग हातेमालो गर्दै संगठनलाई आगाडी बढाउने बताएका थिए। उत्त बैठक जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रिय कार्यलय अनामनगरस्थित देबिनगर बसेको थियो ।