आज माओको १ सय २० औं जन्म जयन्ती
                
काठमाडौ, ११ पुस । आज माओत्से तुुङको १ सय २० औं जन्म जयन्ती । आज विश्व कम्युनिष्ट आन्दोलनका चर्चित नेता तथा चिनिया कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुुङलाइ  विश्वरभरका कम्युनिष्टहरुले विविध कार्यक्रम गरेर   सम्झने गर्दछन् ।सन १८९३ डिसेम्बर २६ तारिखका दिन अध्यक्ष माओको जन्म हुनान प्रान्तको साओसान गाँउमा भएको हो । उहाँको मृत्यु १९७६ सेप्टेम्बर ९ तारिखमा भयो । रसिया र जर्मनीमा उठेको कम्युनिष्ट आन्दोलनलाई चिनिया मोडलमा दिर्घकालिन जनयुद्धको रुपमा कार्यन्वयन गरेर उनले चिनमा कम्युनिष्ट शाशन स्थापना गरेका थिए  ।
माओ जनवादी गणतन्त्र चिनका संस्थापक हुन् ।  बिश्व कम्युनिष्ट आन्दोलनका प्रवर्तक माक्र्स, र लेनिने बिकाश गर्नुभएको सिद्धान्तलाई माओले चिनमा सिर्जनात्मक प्रयोग गरेर थप सम्बृद्ध पारेका थिए  ।
नेपालका कम्युनिष्ट पार्टीहरु पनि चिनिया कम्युनिष्ट आन्दोलनको सफलता बाट प्रभावित भएका छन् । नेकपा-  माओवादीले माओको बिचारलाई पथ प्रदर्शक सिद्धान्तका रुपमा ग्रहण गरेको छ भने नेकपा एमालेले लगायतका कम्युनिष्ट पार्टीहरुले पनि माओ बिचारलाई आर्दश मानेका छन् । नेकपा माओवादीले माओका राजनीतिक तथा सैन्य राणनितिलाई आधार मानेर नेपालमा १० बर्षे जनयुद्ध गरेको थियो ।
