माओको शिक्षाहरुलाई जीवन–व्यवहारमा लागू गर्छौ : किरण

काठमाडौं, । चिनियाँ साम्यवादी नेता माओत्सेतुङको १ सय २० औं जन्मोत्सव गतबिहीबार नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइयो । नेपालमा माओ विचारलाई पथप्रदर्शक सिद्धान्त मान्दै आएको नेकपा-माओवादीले पनि आफ्ना सबै राज्यहरुमा आफ्नो मौलिकता अनुसार माओ जयन्ती मानाएको छ । यसै क्रममा ललितपुरको कुपन्डोलमा आयोजित एक कार्यक्रममा नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओका सिद्धान्तहरुलाई क्रान्तिमा प्रयोग गरी अझ विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।अध्यक्ष ‘किरण’ले माओको १२०औं जन्मदिवसको उपलक्ष्यमा उहाँका योगदानहरुलाई पुनः स्मरण गर्दै उहाँका शिक्षाहरुलाई जीवन–व्यवहारमा लागू गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।अध्यक्ष ‘किरण’ले माओलाई श्रद्धाञ्जली व्यक्त गर्दै भने – “माओ दिवसको सन्दर्भमा हाम्रो पार्टी नेकपा–माओवादी महान् चिनियाँ जनक्रान्तिका नायक क.माओप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र उहाँले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिज्ञा दोहो¥याउन चाहन्छ ।”
माओ दिवसको अबसरमा अध्यक्ष किरणले जारी गरेको प्रेस वक्तव्यमा भनेका छन् – “क. माओको जन्मदिवस मनाउनुको वास्तविक अर्थ हो– माओका सिद्धान्तहरुअनुसार विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुले आ–आफ्नो देशमा क्रान्तिलाई अघि बढाउनु । हामी यसै अर्थमा क. माओको १२०औं जन्मदिवस देशव्यापी रुपमा मनाउन सम्पूर्ण देशभक्त, जनवादी, वामपन्थी र प्रगतिशील जनसमुदायहरु तथा आम पार्टीपङ्क्तिसँग हार्दिक अपिल गर्दछौं ।”
माओ दिवसको अबसरमा अध्यक्ष किरणले जारी गरेको प्रेस वक्तव्यको पूर्ण विवरण यस प्रकार छ – “क. माओको १२०औं जन्मदिवस भव्यतापूर्वक मनाऔं !
नेपाली नयाँ जनवादी क्रान्तिलाई थप उचाइमा उठाऔं !!
आज २६ डिसेम्बर (पौष ११) विश्वसर्वहारावर्गका महान् नेता क. माओ त्से तुङ्गको १२० औं जन्मदिवस विश्वभरिका शोषित–पीडित श्रमजीवी जनसमुदायहरुले भव्यतापूर्वक मनाइरहेका छन् । यस सन्दर्भमा हाम्रो पार्टी ने.क.पा.–माओवादी महान् चिनियाँ जनक्रान्तिका नायक क.माओप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ र उहाँले देखाएको बाटोमा निरन्तर अघि बढ्ने प्रतिज्ञा दोहो¥याउन चाहन्छ ।
चिनियाँ नयाँ जनवादी क्रान्ति र सर्वहारा सांस्कृतिक क्रान्तिको सफल नेतृत्वद्वारा समाजवादी क्रान्तिको ढोका खोलेर कमरेड माओले चिनियाँ जनता र राष्ट्रलाई मात्र मुक्ति र प्रगति दिलाउनु भएन, अपितु माक्र्सवाद–लेनिनवादमा थप विकास गरेर माओवादमा पु¥याई विश्वसर्वहारावर्गलाई क्रान्तिको अचुक अस्त्रस्वरुप माक्र्सवाद–लेनिनवाद–माओवाद प्रदान गरेर विश्वक्रान्तिको समेत ढोका खोलिदिनु भएको छ । खासगरी हाम्रो जस्तो अर्ध–सामन्ती र अर्ध/नव–औपनिवेशिक देशमा क्रान्तिको विज्ञानको रुपमा माओका सिद्धान्त, अनुभव र योगदानहरु अझ बढी पथप्रदर्शक छन् । क.माओको यस १२०औं जन्मदिवसको उपलक्ष्यमा हामी उहाँका योगदानहरुलाई पुनः स्मरण गर्न चाहन्छौं, उहाँका शिक्षाहरुलाई जीवन–व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं र उहाँका सिद्धान्तहरुलाई क्रान्तिमा प्रयोग गरी अझ विकास गर्ने कटिबद्धता समेत प्रकट गर्न चाहन्छौं ।
क. माओको जन्मदिवस मनाउनुको वास्तविक अर्थ हो – माओका सिद्धान्तहरुअनुसार विश्वभरका कम्युनिस्ट क्रान्तिकारीहरुले आ–आफ्नो देशमा क्रान्तिलाई अघि बढाउनु । हामी यसै अर्थमा क. माओको १२०औं जन्मदिवस देशव्यापी रुपमा मनाउन सम्पूर्ण देशभक्त, जनवादी, वामपन्थी र प्रगतिशील जनसमुदायहरु तथा आम पार्टीपङ्क्तिसँग हार्दिक अपिल गर्दछौं ।”