जनमतलाई कुल्चने प्रयास भए जनबिद्रोह !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्लाका इन्चार्ज सुमनसिंहले जनमतलाई कुल्चने प्रयास भए जनबिद्रोह हुने बताएका छन । सो पार्टीको इलाम जिल्लाको पुर्ण बैठकको निर्णय सार्बजनिक गर्न आयोकित पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै नेता सुमनसिंहले सो कुरा बताएका हुन् । नेता सुमनसिंहले आफ्नो पार्टी जनताका प्रस्तावहरुको इमान्दारपुर्वक नेतृत्व गर्दै यतिबेला जनताको बिचमा आएको बताएका थिए ।
नेता सुमनसिंहले तपाइहरुको संगठन सानो छ यी निर्णयहरु कसरी कार्यन्वयन गर्नु हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा आफ्नो संगठन नै बिचार , राजनिती, इमानदार नेतृत्व र बलिदानी भावमा माथि भएका कारण सबै भन्दा शक्तिशाली रहेको र अहिलेको स्थितिमा आफ्नो सांगठानिक तागत जत्रो छ निर्णयलाइ सोही रुपमा निर्णय कार्यन्वयनमा प्रतिविम्वित गरेर जाने बताए । जनमतसंग्रह मार्फत सामाजिक ब्यवस्था बैज्ञानिक समाजवाद हुने कि संसदिय पुंजिवाद फैसला गर्न सबै पक्ष तयार हुनु पर्ने अन्यथा जनमत जस्तो जनताको अधिकारलाइ खोसिन्छ भने सामाजिक आवश्यकताले जनमत लाई जनबिद्रोहमा परिणत गर्ने र बिद्रोहको नेतृत्व आफ्नो पार्टिले इमानदार भएर गर्ने सुमनसिंहले पत्रकारहरुलाई बताएका छन ।
नेपाली समाजलाइ पुंजिवादले आजित बनाएको हुनाले यसको राजनितिक रखवाला संसदिय व्यवस्थाको सम्पुर्ण रुपमा पतन भएको यो स्थितिमा लोकतन्त्रवादी भन्नेहरु गम्भीर समीक्षा गर्दै जनमतसंग्रहमा आउन डराउन नहुने बताए । आफ्नो पार्टि नेपाली समाजको संकटको समाधान बैज्ञानिक समाजवाद भएको कुरामा स्पस्ट र यो दृस्टिकोण प्रती दृढ रहेको हुनाले यसमा जनताले बैज्ञानिक समाजवादलाइ बिजयी गराउने कुरा प्रती ढुक्क रहेको बताए । उनले भने समाजवादको कुरा गर्ने तर भ्रममा समाजवाद निर्माणको द्वार नदेखेका सबै संग समीक्षा गर्न तयार रहेको र बृहत् छलफल र अन्तर्कृया गरेर जनमतसंग्रहको वातावरण निर्माण गर्ने उनको भनाइ थियो ।
भ्रस्टाचार गर्नेहरुलाइ जनकारबाही गर्न आफ्नो पार्टी तयार रहेको बताए । यो त हिंसा भएन र ? भन्ने पत्रकारको प्रश्नलाइ जवाफ दिंदै उनले भने- हामी भ्रष्टाचार गर्नु हुंदैन, कारवाही गर्नु पर्छ भन्ने सबै संग मुद्धाहरु बारे छलफल गर्छौं र यदि कारवाहिको निम्ति संम्बन्धित सरोकारवाला हरु तयार भएनन भने जनतालाई लिएर जनकारबाही गर्ने उनको भनाइ थियो । पत्रकारहरुको बाध्यता बुझेको बतांउदै सहकार्य गर्न सबै पत्रकारलाई सुमनसिंहले अपिल गरेका छन ।
पत्रकार सम्मेलनमा पार्टीका जिल्ला सेक्रेटरी मौसमले नंया परिस्थितिमा पार्टी आएको र इमानदार भएर हामिले जनताको नेतृत्व गर्ने भएकाले सबै लाई सहकार्य र सहयोगको अपिल गरेका थिए ।
