शिक्षक महासङ्घद्वारा चौथो चरणको आन्दोलन सुरु

२०७८ श्रावण १५ गते, शुक्रबार


काठमाडौं । नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन सुरु गरेको छ। आफ्ना ३४ सुत्रिय माग पूरा गराउनका लागि महासङ्घले देशब्यापी रुपमा रिले अनसन सुरु गरेको हो । गत बैशाख २० गते देखि सामाजिक सञ्जाल मार्फत विभिन्न चरण बद्ध आन्दोलन गर्दे आएको महासङ्ले चौथो चरणको आन्दोलन अन्तर्गत आजदेखि देशभरका स्थानीय तहमा रिले अनसनमा बसेका छन् । आज हरेक पालिकाको कार्यालयमा कम्तीमा एक महिलासहित ३ जना, जिल्लाको शिक्षा समन्वय एकाइमा कम्तीमा २ महिलासहित ५ जना, प्रदेशको सामाजिक विकास मन्त्रालयमा कम्तीमा ३ महिला शिक्षकसहित १० जना र काठमाडौंको माइतीघर मण्डलामा कम्तीमा ५ महिलासहित २० जना शिक्षक कर्मचारी रिले अनसनमा बसेका छन् ।
महासंघको ३४ सुत्रिय मागमा मुख्य गरेर शिक्षामा बजेट बढाउनु पर्ने, राहत शिक्षक, ईसिडि शिक्षक, साविक उच्च माविका शिक्षकहरुको समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीहरुको समस्या समाधान, छिटो संघिय शिक्षा ऐन ल्याउनु पर्ने लगायतछन् । आज बिहान ८ बजेबाट सुरु भएको रिले अनसन दिउसो ४ बजे सकिने महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]