‘ धामीलाई महाकाली नदीमा खसाल्नेलाई कारवाही गर’

काठमाडाैं । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जयसिंह धामीलाई तुइनको डोरी काटेर महाकाली नदीमा खसालेर ज्यान विपत्ता पार्ने भारतीय सिमा सुरक्षा प्रहरी एसएसबी अन्तर्गतका दोषीलाई तुरुन्त खोज र छानबिन गरि कडाभन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग माग गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा २०७८ साउन १५ गते दार्चुला जिल्ला , व्यास गाउँ पालिका वडा नम्बर २ मालघाटकाटस्थास्थानीय निवासी ३३ वर्षीय जयसिंह धामीले तुइनबाट महाकाली नदी तरेर भारतको पिथौरागढ पांगल जाने सिलसिलामा उक्त महाकाली नदीमा तुइनबाट नदी तर्दै गर्दाको अवस्थामा भारतीय सिमा प्रहरी एसएसबीले उक्त तुइनको डोरी काटिदिए पछि धामी महाकाली नदीमा डुबेर बिपत्ता भएको समाचारले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र स्तब्ध भएको उल्लेख गरिएको छ।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको विज्ञप्तिकाे यस प्रकार रहेको छ – “जो २०७८ साउन १५ गते दार्चुला जिल्ला , व्यास गाउँ पालिका वडा नम्बर २ मालघाटकाटस्थास्थानीय निवासी ३३ वर्षीय जयसिंह धामीले तुइनबाट महाकाली नदी तरेर भारतको पिथौरागढ पांगल जाने सिलसिलामा उक्त महाकाली नदीमा तुइनबाट नदी तर्दै गर्दाको अवस्थामा भारतीय सिमा प्रहरी एसएसबीले उक्त तुइनको डोरी काटिदिए पछि धामी महाकाली नदीमा डुबेर बिपत्ता भएको समाचारले विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र स्तब्ध भएको छ ।
यसरी तुइनबाट महाकाली नदी तर्दै गर्दाको अत्यन्तै जोखिम अवस्था पार गर्दै गरेका धामीलाई तुइनको डोरी काटेर महाकाली नदीमा खसालेर ज्यान विपत्ता पार्ने भारतीय सिमा सुरक्षा प्रहरी एसएसबी अन्तर्गतका दोषीलाई तुरुन्त खोज र छानबिन गरि कडाभन्दा कडा कार्वाही गर्न नेपाल सरकारसंग हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र केन्द्रीय कार्यलय काठमाडौं , नेपालले जोडदार रुपमा माग गर्दछ । “