क्युवा समस्याको जड् अमेरिकी नाकाबन्दी

२०७८ श्रावण १७ गते, आईतवार

लोकनारायण सुबेदी

यतिबेला क्युवाका सडकमा खाना, औषधी र बिजुलीको माग गर्दै गरेका मानिसहरुको भीड देखेर कतिपय मानिसहरु हतप्रभ भएका हुनसक्छन् । तर, विश्वमा अन्य देशका सरकारका विपरीत समाजवादी क्युवाको सरकारले सडकमै उपस्थित भएर आफ्ना जनताको त्यो आवाज मानेको र स्वीकारेको छ । क्युवाका राष्ट्रपति मिगुएल डियाज कनेल तुरुन्तै सडकमा निस्केका आफ्ना जनताका बीच पुगे र उनीहरुका समस्याका बारेमा बिचार–बिमर्श गरे । क्युवाको कम्युनिष्ट पार्टी (पीसीसी) ले आफ्ना सबै कार्यकर्ताहरुलाई तत्कालै के आह्वान ग¥यो भने उनीहरु सबैले जनताका कुरा सुनुन् र जनताका यी समस्याका जेजे कारणहरु छन् तिनको बारेमा स्पष्ट पारुन् ।

यस सम्बन्धमा कुरा गर्दा अमेरिकाले झण्डै ६० वर्षदेखि क्युवामाथि थोपर्दै आएको नाकाबन्दीको चर्चा नगरीकन क्युवामा आज जे कुरा भइराखेको छ, त्यसलाई सही अर्थमा बुझ्न सकिँदैन । सर्सरी र सतहीरुपमा बुझे पनि वास्तवमा क्युवाका समस्याहरुको सही तस्वीर आउन सक्तैन । अनि क्युवाली जनताका अहिले देखिएका समस्याहरुलाई पनि सही अर्थमा बुझ्न सकिने छैन । गहिराइ पूर्वक केलाउँदा अमेरिकाले क्युवामाथि निरन्तर थोपरेको आर्थिक नाकाबन्दी नै क्युवाली समस्याको जड हो भन्ने कुरा प्रष्ट देख्न र बुझ्न सकिन्छ । वास्तवमा क्युवाको कम्युनिष्ट पार्टी र त्यहाँको सरकारले हेल्म्स–बर्टन कानुनको शीर्षक ३ र तत्कालीन ट्रम्प प्रशासनद्वारा २४३ का अतिरिक्त कदम चालेर क्युवामाथिको आर्थिक नाकाबन्दीलाई अझ बढी कस्ने बिनाशकारी प्रभावका बारेमा चेतावनी पनि दिँदै आएको थियो ।

क्युवाका नेता डियाज कनेलले स्मरण गराएका छन् कि ‘हामी इमानदार छौ, हामीले आफ्नो मनमस्तिष्क खुल्ला राखेको छ, हामी सफा र स्पष्ट छौं र हामीले सधैं नै हाम्रा जनताका जटिलता, कठिनाई र समस्याहरुका बारेमा बताउँदै आएका पनि छौं । मलाई सम्झना छ कि झण्डै डेढ वर्ष जति पहिला जतिबेला २०१९ को दोश्रो छ महिना सुरु भइरहेको थियो । त्यतिबेला अमेरिकी ट्रम्प प्रशासनले लागू गर्न थालेका नीतिहरुका कारणले हामी एउटा निकै कठिन संकटतिर बढिरहेका छौं’ । ती अमेरिकी नीतिहरुका कारणले ती सबै देश र कम्पनीहरुमाथि पनि प्रतिबन्ध लगाउने अनेक धम्कीहरु पनि दियो, जसले क्युवासँग बन्द–ब्यापार गर्न चाहन्थे र आर्थिक सम्बन्ध कायम गर्न चाहन्थे । विदेशमा रहिरहेको क्युवालीहरुले पनि जुन रकम स्वेदशमा पठाउन चाहन्थे त्यसमाथि पनि अमेरिकी प्रतिबन्ध लाग्यो ।

यस क्रममा क्युवाका लागि हवाई उडानहरु पनि कटौती गरियो । यी सबै कदमका अतिरिक्त अमेरिकाले क्युवामाथि ‘आतंवाद प्रायोजित गर्ने देश’ को कल्की पनि भिराइदियो । क्युवाको मेडिकल बृगेडलाई बद्नाम गर्ने एउटा लामो अभियान पनि अमेरिकाले छेडिदियो । यसरी अझ सघन तुल्याइएको क्युवामाथिको नाकाबन्दी र विश्वभरि फैलिएको कोरोना महामारीका कारणले समेत क्युवाली अर्थतन्त्रमा बितेको वर्ष ११ प्रतिशतले गिरावट आयो । यस अबस्थामा क्युवाली कम्युनिष्ट पार्टी र त्यहाँको सरकारले खस्कँदो अर्थतन्त्रलाई सही बाटोमा ल्याउन केही कदमहरु पनि चाल्यो ।               सरकारको त्यस प्रकारको हस्तक्षेपकारी सकारात्मक भूमिकाले गर्दा अर्थतन्त्रमा बिस्तारै बिस्तारै नयाँ रक्त सञ्चार पनि हुन सुरु गर्दै थियो । क्युवा एउटा टापु देश हो । अनि यसका प्राकृतिक संसाधनहरु पनि निकै नै सीमित रहेका छन् । क्युवा वास्तबमा खाद्य पदार्थ तथा तेल आयातमा नराम्रोसँग परनिर्भर रहेको देश हो । वर्षौंदेखि क्युवा केवल ऊखु खेती गर्दै आएको देश हो । त्यसैले उसले अन्य तमाम खाद्य पदार्थहरुको आयात नै गर्ने गर्दछ । त्यसमा पनि सोभियत संघको पत्तन पश्चात क्युवाले आफ्नो कृषिको बिबिधिकरणको आरम्भ ग¥यो । अनि हालैका दिनहरुमा त्यसमा पनि खाशगरी अमेरिकाको ट्रम्प प्रसशानले ‘हेल्म्स बर्टन’ कानुन शीर्षक –३ लागू गरिसके पछि यी प्रयासहरुले अझ तीब्रता पाए । तर, समस्या अझै पनि जारी नै रहेको छ । क्युवामा पेट्रोलियम उत्पादनहरुको आयात अर्को एउटा प्रमुख चिन्ताको विषय बनिरहेको छ । अमेरिकी नाकाबन्दीका कारण बिभिन्न पानी जहाज एजेन्सीहरुले क्युवाका लागि तेल ल्याउन नै मानेनन् । त्यसले गर्दा अर्को ठूलो समस्या खडा हुन पुग्यो । फलतः विद्युत उत्पादनमा ठूलो नकारात्मक प्रभाव पर्न गयो । कयौँ ठाउँहरुमा विद्युत् कटौति गर्नुपर्ने स्थिति आयो । यस्तो बेलामा जब क्युवामा कोरोना महामारीले प्रबेश गर्न थाल्यो सरकारले यो समस्यासँग जुध्न जहाँ–जहाँ अस्पतालहरु छन्, त्यहाँ–त्यहाँ थप विद्युत् प्रसारण केन्द्रित गर्न थाल्यो र निर्बाध आपूर्ति सुनिश्चित गर्न थाल्यो । त्यसले गर्दा अन्य क्षेत्रमा विद्युत् कटौतिको स्थिति बढ्न थाल्यो । त्यसरी नै तेलको सीमित उपलब्धताका कारणले क्युवाभित्र परिबहन गतिबिधि प्रभाबित हुनपुग्यो । जसले गर्दा जनताको आवात–जावत पनि सीमित हुन थाल्यो र यसरी जनताका कठिनाईहरु पनि अझ बढ्न थाले ।

विश्वमा जहाँसुकै पनि अमेरिका या अमेरिकी स्वामित्वका कुनै पनि कम्पनीहरुले त्यहाँ बनेका उपकरणहरुका कुनै स–साना पूर्जाहरु नै किन प्रयोग गरेका नहुन्, ती सबैले अमेरिकालाई के बचन दिनु परेको छ भने उनीहरुले क्युवासँग ब्यापार गर्ने छैनन् । डलर र अमेरिकाको अगुवाईमा चल्ने बित्तीय संस्थाहरुको प्रभुत्वका कारणले गर्दा त्यस्ता धेरै कम्पनीहरुले अमेरिकाका सामुमा घुँटा टेक्न बाध्य हुने गरेका छन् । क्युवाको अर्थब्यवस्था अत्याधिक मात्रमा पर्यटनमाथि भर परेको छ । त्यसैले अमेरिकाले हवाई उडान र उड्डयन क्रूज अपरेटरहरुलाई के धम्की दिएको छ भने यदि उनीहरुले क्युवाका लागि उडान भरे भने तिनमाथि पनि प्रतिबन्ध लगाइने छ । फलतः तिनले आफ्नो उडानहरु सञ्चालन गर्न कटौति गर्नु पर्ने या रोक्न बाध्य हुनुपर्ने स्थिति सिर्जना भएको छ ।

फलतः क्युवामा पर्यटकहरुको आवागमन पनि एकदमै घटेर गएको छ । त्यसले पर्यटनसँग सम्बन्धित ब्यबसायीहरु र रोजगारी गर्ने मानिसहरुको आय पनि धेरै नै घटेर गएको छ र पर्यटन उद्योग ब्यवसायमा अत्यन्तै प्रतिकूल असर पुगेको छ । यी सबै समस्यामाथि थप कोरोना महामारी फैलिन जाँदा विश्वभरि नै मालसामानको आवत–जावातमा ठूलो असर पर्न गयो र त्यसको थप मार क्युवाले पनि बेहर्नुु परेको हो । आवत–जावतको कडा प्रतिबन्धले क्युवा आउने पर्यटहरु संख्यामा ठूलो कमी आयो नै । मालसामान ढुवानी गर्ने परिबहनमा पनि ठूलो कमी आयो, जुन महामारी फैलिनुभन्दा पहिलादेखि नै धेरै सीमित मात्रामा चलिरहेका थिए र कतिपय त्यस्ता परिबहनहरु क्युवामा प्रतिबन्धको पर्बाह नगरीकन चलिरहेका थिए । यसरी अमेरिकी प्रतिबन्ध र कोरोना महामारीको चपेटामा परेर क्युवाले आज ठूलो कठिनाईको सामना गर्नु परिहेको छ । जसले गर्दा औषधी, खोपहरु र चिकित्सा उपकरणहरुको उत्पादनको क्युवाको क्षमतामा ठूलो नकारात्मक प्रभाव पर्न गएको छ । औषधि उत्पादनका लागि कच्चा मालको कमी हुन गयो । त्यसले गर्दा झण्डै–झण्डै २ अर्ब डरल क्युवालाई प्राप्त हुने रकम पनि रोकियो । जुन चिकित्सा उपकरण आपूर्ति तथा अन्य आवश्यक उपकरण आयातका लागि जरुरी थियो । जुन चिकित्सा सामग्री र उपकरणहमरु गम्भीर बिमारीहरुको उपचारको लागि एकदमै आवश्यक मानबीय कुरा थिए । उदाहरणकै रुपमा भन्ने हो भने क्युवामा भेण्टिलेटरको आयातमा पनि रोक लगाइएको थियो, छ । यी सबै बिघ्नबाधा र कठिनाईहरु हुँदाहुँदै पनि जति बेला कोरोना महामारी फैलियो त्यतिबेला बिभिन्न देशहरुका लागि आफ्नो देशबाट चिकित्साकर्मीहरु सेवा गर्ने मनसुवा देखायो । ल्याटिन अमेरिकी र अफ्रिकी देशहरुको त कुरै छौडौं इटालीलगायत कयौं युरोपेली देशहरु समेत क्युवाली चिकित्साकर्मीहरुको सेवाबाट लाभान्बित हुन पाए ।

जतिबेला कोरोना भाइरस संक्रमित भएका बिमारीहरु रहेको एउटा क्रूज लाइनर जहाजका लागि अमेरिकाले आफ्नो बन्दरगाहहरु बन्द गरेको थियो त्यतिबेला क्युवा नै त्यस्तो देश थियो, जसले त्यस क्रूज लाइनरलाई स्वागत गरेको थियो । अनि जतिबेला अमेरिका आधारित औषधी कम्पनीहरु पेटेण्ट अधिकारहरुमाथि जोड दिँदै थिए । त्यबेला पनि क्युवा नै त्यस्तो देश थियो, जसले के घोषण गरेको थियो भने उसले विश्वभरि नै आवश्यक परेका बिमारीहरुलाई खोप आपूर्ति गर्ने छ । अनि विश्वका बिभिन्न देशहरुमा ब्यापक जनसमुदायका तप्कामा क्युवाको यो मानवीय सेवा गर्ने प्रतिबद्धताप्रति सम्मान र प्रशंसा पनि गरिएको थियो । त्यति मात्रै होइन, कतिपयले त क्युवालाई यो मानवीय सेवाको तत्परता र सहयोगका लागि नोबल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने प्रस्ताब समेत गरेका थिए । तर क्युवालाई मद्दत गर्नुका साटो अमेरिकाले ती बिभिन्न देशहरुलाई धम्की दियो, जो क्युवाका चिकित्साकर्मीहरुबाट लाभान्वित भइरहेका थिए । वास्तवमा अमेरिकाले जानी–बुझिकन कुत्सा प्रचार गरेको थियो र ती देशहरुलाई ती खोपहरु बिकसित गर्ने दौडमा सामेल र गरीब तथा पिछडिएका देशका जनसमुदायसँग उनीहरु संलग्न नहुन् । यसैले गर्दा क्युवा सरकारले आफ्ना सबै वैज्ञानिक चिकित्सकहरुलाई के आह्वान गरेको थियो भने उनीहरुले आफ्ना सबै प्रयत्नहरु जारी राखेर खोप बिकसित गर्नमा ध्यान केन्द्रित गरुन् । हुन पनि क्युवाली वैज्ञानिकहरुले चुनौतीलाई स्वीकार गरे र सबै बिघ्न बाधाहरुलाई पार गर्दै एउटा मात्रै होइन, पाँचवटा खोप विकसित गरेका थिए । तीमध्ये दुइटा खोप– ‘सोबेराना ०२’ र ‘अब्दाला’ नामका खोपको प्रभाव दर करीब ९० प्रतिशत रहेको बताइएको थियो । त्यसको केही साताभित्रै झण्डै २० प्रतिशत क्युवालीहरुलाई खोप पनि लगाइसकिएको थियो । हुन पनि क्युवा आफ्ना क्रान्तिकारी आदर्शप्रति साँच्चो किसिमले खरो उत्रिँदै बिभिन्न ल्याटिन अमेरिकी देशहरुको साथमा ती खोप र तिनको उत्पादनमा साझेदारी पनि गरिरहेको छ । यी सबै क्युवाली गतिबिधिले प्रष्ट पार्दछन् कि क्युवा विश्वमा कति ठूलो छ र अमेरिका कत्रो देखिँदैछ । वास्तवमा विश्वमा यस्तो एउटा असल र निःस्वार्थ देशमाथि अमेरिकाले हमला गरिरहेको छ र उसलाई अस्थितर तुल्याउन जोडबलका साथ लागिपरेको छ । जो बाइडेनले राष्ट्रपति पदको चुनावका बेला यो प्रतिबद्धता जनाएका थिए कि उनले क्युवाप्रति पूर्वराष्ट्रपति ट्रम्पले अघि सारेका नीतिहरु बदल्ने छन् । तर, त्यसो गर्न उनी असफल भएका छन् । वास्तवमा उनले डोनाल्ड ट्रम्पकै नीतिलाई जारी राखेका छन् जुन पूर्वराष्ट्रपतिले अघि सारेका र लागू गरेका थिए । हुन पनि दशकौं दशकदेखि के साबित हुँदै आएको छ भने अमेरिकी प्रशासनको जो अगुवा भए पनि क्युवाप्रति त्यसको नीतिका सम्बन्धमा कुनै नयाँ परिवर्तन आउँदैन । दशकौं पहिला सन् १९६० मा जारी गरिएको अमेरिकी मेमोरेण्डम नं. ४९९ ले के भन्दछ भने ‘क्युवाको आर्थिक जीवनलाई कमजोर तुल्याउनका लागि सबै सम्भव उपायहरु तुरुन्त अपनाइनु पर्दछ’ । त्यसले थप के पनि भनेको छ भने ‘क्युवाका लागि धन तथा आपूर्तिलाई नकार्ने’ नीति लागू गरिनु पर्दछ जसले गर्दा त्यहाँ ‘भोक र बञ्चना ल्याउन सकियोस् र त्यहाँको सरकारलाई उखेलेर फाल्न सकियोस्’ ।

वास्तवमा अहिलेसम्म सबै अमेरिकी प्रशासनका लागि यही नीति निर्देशन कायम रहेको देखिन्छ । त्यस प्रशासनको नेतृत्व जोसुकैले गरेको किन नहोस् । बितेका ६० वर्षदेखि अमेरिकी प्रशासकहरु ‘आर्थिक असन्तुष्टि र कठिनाइहरुमा आधारित असन्तोष’ पैदा गरेर त्यसको माध्यमबाट क्युवामा क्रान्तिकारी सरकारका लागि ‘आन्तरिक समर्थनलाई अलग–अलग तुल्याउने’ कार्यमा ज्यान फालेर लागेका छन् । अहिलेको जो बाइडेको ताजा कोसिस पनि त्यसै कोटीको देखिएको छ ।

हुन पनि ‘शासन सत्ता बदल्ने’ आफ्नो एजेण्डलाई अगाडि बढाउनका लागि अमेरिकी प्रशासनले महामारीको चपेटामा परेको बेलाको समयलाई समेत आफ्ना लागि ‘उचित समय’ मानेको देखिन्छ । यो मनसुवालाई पूरा गर्नका लागि उसले इण्टरनेट तथा सामाजिक सञ्जालहरुको प्लेटफर्मको माध्यमबाट पनि आधारहीन झूटा कुरा फलाउदै कुत्साको प्रचार गरिहेको बिश्लेषकहरु औंल्याउँदछन् । त्यस्तो भ्रामक कुरा फैलाउनका लागि ‘अटोमेटेड साइटहरु’बाट हजारौं हजारौ हजार ट्वीट गरिँदै गरेको छ भने बोट्सको पनि उपयोग गरिएको बताइन्छ । अनि क्युवाली क्रान्तिको रक्षाका लागि आयोजित क्युवालीहरुको प्रदर्शनलाई पनि प्रतिक्रान्तिकारी प्रदर्शनको रुपमा प्रस्तुत गरिँदै गरेको औंल्याइन्छ । यसरी साइबर भूmट फैलाइएको आजको स्थितिलाई क्युवाका बिरुद्ध गैरपरम्परागत युद्धको संज्ञा दिँदै क्युवाली नेता डियाज कनेलले के जोड दिएर भनेका छन् भने ‘क्युवाली क्रान्ति ती मानिसहरुलाई कुनै अर्को बाटो अख्तियार गर्न गइरहेको छैन, जसले वास्तवमा त्यसमाथि हमला गरिरहेको छ ।’ विभिन्न सफ्टवेयर प्रोफेसनल तथा इण्टरनेट विशेषज्ञहरुले सजिलैसँग के साबित गरिदिएका छन् भने कसरी असत्य फैलाउनका लागि र मानिसहरुलाई भड्काउनका लागि हजारौं नक्कली(फेक) एकाउण्ट बनाइएका र चलाइएका छन् ।

क्युवाली कम्युनिष्ट पार्टी र क्युवाली सरकारले यी घटना विकासको जबाफ दिएको छ र क्रान्तिको रक्षाको पक्षमा नागरिकहरुलाई पंक्तिबद्ध तुल्याएको छ । नागरिकहरुले पनि ती मानिसहरुलाई प्रतिक्रान्तिकारी करार गरेका छैनन्, जसले सरकारसँग प्रश्न उठाइरहेका छन् । उनीहरुको के भनाइ छ भने नागरिकहरुको एउटा हिस्साले आफ्ना जायज गुनासो गरिरहेका छन् । तिनीहरुसँग कुराकानी र संवाद गरेर समस्या सुल्झाइनु पर्दछ । अर्कोतिर केही क्युवालीहरु भने बिद्रोहको अमेरिकी परियोजनालाई पूर्णता दिन र त्यसलाई अघि बढाउन लागिपरेका छन् । ती प्रतिक्रान्तिकारी हुन् र तिनीहरुमाथि कडा दृष्टि राखिनु पर्ने सचेत क्युवाली नागरिकहरु औँल्याइरहेका छन् । डियाज कनेलले यसबारे भनेका छन् कि ‘क्रान्ति एउटा साच्चो संवाद हो र त्यसले सत्यता र नैतिकतालाई अश्लिलता र बिकृतिभन्दा अगाडि र पहिला राख्दछ । क्रान्तिले आफ्नो अस्तित्वसँग सम्झौता गर्दैन र उसले भाडाका लडाकुहरुलाई बैधता दिँदैन । अनि उसले आफ्नो सुरक्षा तथा दृढताका साथ काम गर्दछ ।’ यस सम्बन्धमा चीन, रुस, भेनेजुएला, बोलिभिया, निकारागुआ तथा दक्षिण अफ्रिका ती प्रमुख देशहरुमा सामेल भएका छन् जसले क्युवासँग ऐक्यबद्धता जनाएका छन् र क्युवाका बिरुद्ध उक्साइएको कथित बिद्रोहको निन्दा गरेका छन् ।

यतिबेला क्युवाली अधिकारीहरुले महामारीलाई नियन्त्रण गर्नमा भेण्टिलेटर, औषधीहरु, पीपीई किट्स, मास्कलगायत अन्य सम्बन्धित औषधिहरुको आपूर्तिका लागि चीनद्वारा दिएको मद्दतको स्मरण गरेका छन् । त्यसमा अझ महत्वपूर्ण कुरा के छ भने चीन सरकार, चीनको कम्युनिष्ट पार्टी र चिनियाँ जनताले क्युवाली जनताका लागि टनौंटन चामल पनि पठाएर सहयोग गरेका छन् । विश्वका अरु विभिन्न जन वर्गीय संगठन र संस्थाहरु तथा प्रख्यात हस्तीहरुले समेत क्युवासँग यो कठिन घडीका बेला एकजुटता दर्शाएका छन् । यो आजको मानवीय र न्यायोचित कार्य नै हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु