जनगणतान्त्रीक सम्पर्क मञ्चद्वारा संगठन बिस्तार तिब्र

२०७८ श्रावण १७ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट जनगणतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समिति नेपालले संगठन बिस्तारलाई तिब्रता दिदै आएको छ । सोही क्रममा पश्चिम रुकुम – काठमाडौं सम्पर्क मञ्चमा भरत खड्का र कालिकोट -काठमाडौ सम्पर्क मञ्चमा लोकेन्द्र बोगटीको संयोजकमा ७/७ जना सदस्य चयन गरिएको । उक्त संगठन बिस्तारको कार्यक्रम जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रिय कार्यालय देवीनगरमा प्रमुख अथिति जनगणातान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंह अथितिहरु सोही जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय महासचिव पुर्ण श्रेष्ठ, सचीव टीकाराम चौधरी, खेम प्रधान र कोषाध्यक्ष निश्चल थापाको उपस्थितिमा गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अथिती कमानसिंहले पार्टीको बिधि, पद्धति र प्रकृयालाई स्वीकार गरी जिम्मेवारी लिएका सदस्यलाई स्वागत गर्दै उच्च मनोवलका साथ जनताको सेवामा लाग्न आग्रह गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु