भारतमा ‘डेल्टा भेरियन्ट’ :जमुनाह नाकामा कडाई

२०७८ श्रावण १८ गते, सोमबार

काठमाडौ । भारतमा कोरोनाको नयाँ डेल्टा भेरियन्टको संक्रमण बढ्न थालेपछि बाँकेको जमुनाह नाकामा कडाई गरिएको छ । संक्रमण बढेसंगै रोजगारीका लागि भारत गएकाहरु धमाधम फर्कन थालेपछि नाकामा कडाई गरिएको हो । नाकामा सुरक्षाकर्मीहरु परिचालन गरिनुका साथै स्वास्थ्य जाँच गरेपछि मात्र नाका प्रवेश गर्न दिइएको छ । जमुनाहा नाकाबाट हाल दैनिक पाँच सय भन्दा बढी नेपालीहरु स्वदेश फर्किरहेका छन् । नयाँ दिल्ली, चण्डीगढ, गुजरात लगायतका भारतीय शहरबाट नेपालीहरु स्वदेश फर्किने क्रम बढेको छ । यस्तै दैनिक रुपमा किनमेल गर्न भारत जानेहरुबाट उच्च जोखिम हुने भएकाले त्यसतर्फ पनि कडाई गरिएको बाँके जिल्ला प्रसासन कार्यलयले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]