‘जयसिंह धामीलाई तत्काल सहिद घोषणा गर ‘

२०७८ श्रावण १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी दीपेन्द्र चलाउनेले भारतीय सिमा सुरक्षा बल (एसएसबी) द्वारा हत्या गरिएका युवा जयसिंह धामीलाई तत्काल सहिद घोषणा गर्न माग गरेका छन् । सो पार्टीले महाकाली नदि तर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काट्दा नदिमा बेपत्ता भएका जयसिंह धामीको हत्याविरुद्ध कैलालीको अत्तरिया र टीकापुरमा गरेको बिरोध सभालाई सम्बोधन गर्दै सेक्रेटरी चलाउनेले सो माग गरेका हुन् । उनले भारत र नेपाल समान देश भएकाले भारतले नेपालप्रति गर्ने व्यवहार सच्याउनु पर्ने र नेपाल सरकारले पनि उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बिषयमा जोड दिए । सङ्गमले दार्चुला घटना यो दलाल संसदीय व्यवस्था, सरकार र संसदवादी दलहरूको नालायकी पनकै उपज भएकाले अब बैज्ञानिक समाजवादी व्यवस्थाका निम्ति जनमतसङ्ग्रहमा जानुपर्ने भन्दै आमजनसमुदायलाई व्यवस्था परिवर्तनको आन्दोलनमा सरिक हुन अपिल गरे । र्याली अत्तरिया बजार परिक्रमा गरि चोकमा सभामा परिणत भएको थियो ।
यस्तै टिकापुरमा भएको कार्यक्रमलाई दिलबहादुर साउँदले सरकार सिमा सुरक्षा र सिमा क्षेत्रका जनताको समस्याका बिषयमा गम्भीर नभएकै कारण जयसिंह धामी जस्ता युवाहरूले अकालमा ज्यान गुमाउनु परेको बताए । अत्तरियाको कार्यक्रमलाई रमेश साउँदले सञ्चालन गरेका थिए भने टिकापुरको कार्यक्रमलाई हृदय बोगटीले सञ्चालन गरेका थिए

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु