संकटको कारक संसदिय व्यवस्था !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीका जिल्ला सदस्य काजी गुरुङले बर्तमान संकटको कारक संसदिय व्यवस्था भएको बताउदै यो व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने र जयसिह धामीको जस्तै घटना नघट्ला भन्न नसकिने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो वैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरेक छन । नेकपा कास्कीले दार्चुला घटनाको विरोधमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। उनले भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोधमा उत्रिन आह्वान गरे ।
नेपाल कम्युनिस्ट पार्टी कास्कीले दार्चुलामा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले तुइन काट्दा भएको जयसिंह धामी मृत्यु प्रकरणमा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत आयोजनामा गरेको उक्त विरोध प्रदर्शन कार्यक्रम मानबअधिकार चोकबाट शुरू भएर महेन्द्रपुल हुँदै बजार परिक्रमा गरेर चिप्लेढुङ्गा स्थित बिपि चोकमा सभामा परिणत भएको थियो । यस्तै विरोध र्यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , वैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाती एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियो । सो बिरोध सभाको सञ्चालन कास्की जिल्ला सदस्य तथा पोखरा महानगर सेक्रेटरी बद्रीले गरेका थिए ।