नेकपा दाङद्वारा विपन्न परिवारलाई आवास हस्तान्तरण

२०७८ श्रावण २२ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले दाङ लमही नगरपालिका ३ जखेरा टिकुलीगढस्थित सुकुम्बासी बस्तीका विपन्न रुकमान चौधरीलाई आवास हस्तान्तरण गरेका छन । उक्त आवास हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले पार्टी निरन्तर निर्माण, जनसेवा र श्रमदानमा जुटिरहेको बताए । उनले नेपालको संसदवादी राजनीतिमा असहाय, गरिब, सुकुम्बासी लगायत सबै नागरिकहरुप्रति राज्यको दृष्टिकोण ठिक नभएको बताए । इन्चार्ज शितलले विगतमा सुकुम्बासी बस्तीलाई जबर्जस्त नियन्त्रणमा लिन खोजेको बेला आफ्नो पार्टी र स्थानीय जनताको बलमा बस्ती जोगाएको स्मरण गर्दै बस्तीले वर्गसंघर्षको पहिचान बोकेको बताए ।
एक अर्को प्रसंगमा नेता शितलले आफ्नो पार्टी नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक समस्याहरुको समाधान सँबाद छलफलद्वारा समाधान गर्न तयार रहेको बताए । जनमतसंग्रहमार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिन नेता शितलले माग गरे । उनले भने,व्यक्ति र सासंद पटकपटक छान्यौ, एक पटक व्यवस्था छान्ने अधिकार जनतालाई दिउँ ।
इन्चार्ज शितलले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमतसंग्रह भए जनताको अत्याधिक मत वैज्ञानिक समाजवादको पक्षमा हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला विशेष कमिटी सदस्य तथा कार्यक्रममा अतिथि समेत रहेका नेता विक्रमले वैज्ञानिक समाजवादको पक्षमा जनलहर बढिरहेको बताए । उनले निकट भविष्यमै नेपालमा नेपाली जनताको आफ्नै शासन, वैदेशिक हस्तक्षेप मुक्त, स्वतन्त्र, शान्त, समृद्ध, स्वाधिन मुलुकको परिकल्पना साकार हुने बताए ।
नेकपा दाङ जिल्ला कमिटी सदस्य उज्ज्वलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा दाङ जिल्ला सल्लाहकार कमिटी सदस्य तथा स्थानीय अगुवा सौनी चौधरी र मधुसुदनले शुभकामना मन्तव्य राखेका थिए ।
नेकपा लमही नगर इन्चार्ज जनकले संचालन गरेको कार्यक्रमको अध्यक्षता पार्टी जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए ।
विपन्न चौधरी परिवारको घर निर्माण जिल्लाका व्यापारी, समाजसेवी, विभिन्न सामाजिक व्यक्तित्वहरुको नगद तथा जिन्सी सहयोगमा र नेकपा दाङका नेताकार्यकर्ताको श्रमदानमा सम्पन्न भएको हो ।
आवास हस्तान्तरण कार्यक्रममा नगद तथा जिन्सी सहयोग गर्ने सहयोगीहरुलाई नेकपा दाङले सम्मान पत्रसहित सम्मान गरेको छ ।
कार्यक्रममा धन्यवाद मन्तव्य अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा राप्ती समन्वय समिति संयोजक डिल्लीले राखेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु