पृथ्वी कसको ?

२०७८ श्रावण २५ गते, सोमबार

हजारौं वर्ष भयो

मान्छेले राज गरेको पृथ्वीमा

सवैभन्दा सचेत भनिएको प्राणीले

अर्ध–चेत बनाएपछि

आफ्नो पनि अधिकार भएको धरा

भाइरसहरूले सभा गरे

र एउटा प्रश्न सोध्ने निर्णय गरे –

पृथ्वी खाइरहेका

खतरनाक भाइरस

असहिष्णु– क्रुर

विवेकहीन र ध्वंशात्मक प्राणी

अर्थात मान्छेहरूलाई

‘भन मान्छे, पृथ्वी कसको ?’

रुखहरूले सभा गरे

र निर्णय गरे –

‘हाम्रो राजमा आगो झोस्ने

यी कृतघ्न मान्छेहरूलाई

हामीले किन गरिरहने

विष पिएर अमृतको उत्पादन ?’

ब्याक्टेरियाहरूले पनि सभा गरे

र आफ्नो अनुदान रोक्ने निर्णय गरे !

चराहरूले पनि सभा गरे

पुतलीहरूले पनि सभा गरे

पूmलहरूले पनि सभा गरे

 वादल, समुद्र, नदी र हिमालहरूले पनि गरे

सवैको एक मत थियो

आफ्नो सुविधाको उपयोग

र सुन्दरताको दर्शन गर्न

नाकावन्दी लगाउने मान्छेलाई !

विश्व प्राणी एकता समाज

यस्तो दल निर्माण गर्ने

र प्राणीहरू मिलेर

गोलमेच सम्मेलन गर्ने

मान्छेको शासनका विरुद्ध

अविश्वासको प्रस्ताव पेस गर्ने

र कठघरामा उभ्याएर

मान्छेलाई सोध्ने–

भन ए मूर्ख मनुवा !

पृथ्वी कसको ?

यस्तो प्रस्ताव पारित भयो !

समुद्रको पिँधदेखि

अन्तरिक्षको विराट क्षेत्रसम्म

थुपारेर खतरनाक हतियार

दबदबा चलाइरहेक मान्छेलाई

अन्तिम चेतावनीको चिठ्ठी लिएर

आइपुगेको छ एउटा हुलाकी

जसलाई मानिसहरू

कोभिड उन्नाइस भनेर चिन्ने गर्छन् !  

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार