हेलिकप्टर र विमान कम्पनीमाथि निगरानी !

२०७८ श्रावण २५ गते, सोमबार


काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीमाथि निगरानीमा राख्न थालिएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकारी र अन्य अवैध गतिविधि हुन थालेपछि सरकारले निगरानी गर्न थालेको हो ।
निकुञ्जमा पछिल्ला दिनमा यस्ता खालका शंकास्पद् घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले हेलिकप्टरबाट हुने उद्धारलगायतका कामको गतिविधिमा निगरानी राख्न आवश्यक भएको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु