अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा प्याब्सनलाई ज्ञापनपत्र

२०७८ श्रावण २७ गते, बुधबार


काठमाडौं । अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शैक्षिक क्षेत्रमा देखिएका तमाम खाले समस्या समाधानका लागि प्याब्सनका अध्यक्षलाई २८ बुँदे ज्ञापनपत्र बुझाएको छ । प्याप्सन अध्यक्ष प्रकाश कुईकेलले ज्ञापनपत्र बुझ्दै अखिल (क्रान्तिकारी) सँग समन्वय गरेर अघि बढ्ने बताए । अखिल (क्रान्तिकारी) ले शैक्षिक मागहरु कार्यान्वयनमा वेवास्ता गरिए संघर्ष गर्न बाध्य हुने चेतावनी दिएको छ ।
यसअघि अखिल (क्रान्तिकारी) नुवाकोटद्वारा शैक्षिक क्षेत्रमा देखिएका तमाम खाले समस्या समाधानका निम्ति विदुर नगर प्रमुख नुवाकोट, बेलकोटगढी नगर प्रमुख शिक्षा प्रमुख र विदुर नगर प्याप्सनलाई २८ बुँदे ज्ञापनपत्र बुझाइसकेको छ । शैक्षिक मागहरु कार्यान्वयनमा वेवास्ता गरिए संगठन संघर्ष गर्न बाध्य हुने ब्यहोरा जानकारी गराएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु