तालिबानद्वारा कान्धार शहर कब्जा !

२०७८ श्रावण २९ गते, शुक्रबार


काठमाडौं । तालिबानले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो सार्वजनिक भएको छ । योसंगै तालिबानका प्रवक्ताले कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ । तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।
अफगानिस्तानमा २० वर्षदेखि रहँदै आएका अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता भएलगत्तै तालिबान समूहले एकपछि अर्को शहरमाथि कब्जा जमाउँदै गएको छ । तालिबानले एक हप्ताको बीचमा ३४ प्रान्तीय राजधानीमध्ये ११ मा आफ्नो नियन्त्रण स्थापित गरिसकेको छ ।
हालैमात्र तालिबानले महत्वपूर्ण शहरहरु गजनी र हेरातलाई नियन्त्रणमा लिएको थियो । गजनीबाट राजधानी काबुल १५० किलोमिटर मात्रै टाढा पर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु