एउटै टोलका तीन किशोरी बेपत्ता !

२०७८ श्रावण ३० गते, शनिबार


काठमाडौं । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बेतहनी टोलका तीन किशोरी हिजो बिहानदेखि सम्पर्क बिहीन भएका छन् । तीनै जना १६ वर्षका रहेका छन् । हिजो बिहानदेखि सम्पर्कविहीन भएको भन्दै किशोरीका आफन्तले प्रहरीमा निवेदन दिएका छन् ।

बेपत्ता हुनेमा साबित्री बराइली,यमुना परिवार र अनिता पुन मगर रहेका छन् । मोबाइल ट्रयाक गर्दा भारतको सीमाना नजिक लोकेशन देखिएको बर्दिया प्रहरीले जनाएको छ । तर उनीहरु कसरी बेपत्ता भए भन्नेबारेमा अझै नखुलेको प्रहरीले जनाएको छ । – रमेश प्याकुरेल

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु