अखिल (क्रान्तिकारी) गोरखाद्वारा एमसीसी सम्झौता खारेज गर्न माग

२०७८ श्रावण ३० गते, शनिबार


काठमाडौं । अखिल (क्रान्तिकारी) गोरखाले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै शुक्रबार गोर्खामा विरोध प्रदर्शन गरेको छ । गोरखाको बसपार्कदेखि हरमटारी बजारसम्म राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर ! भन्ने मुल नाराका साथ विरोध प्रदर्शनसहित कोणसभा गर्दै एमसीसी सम्झौता बिरुद्ध र्याली निकालिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष परियारले राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालतमा पास हुन नदिने र यदि यो दलाल संसदीय व्यवस्थाका दलालहरूले राष्ट्रको हित विपरीत रहेको एमसीसी सम्झौता पारीत गर्न खोजेमा त्यसको विरुद्धमा कडा सङ्घर्षमा उत्रने बताए । साथै परियारले आमजनता र विद्यार्थीहरूको स्वास्थ्यको ग्यारेन्टी लिई तत्काल बढ्दै गइरहेको कोरोना भाइरसको खोप सबैलाई उपलब्ध गराउनसमेत अपिल गरे । विरोध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका अध्यक्ष गगन परियारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) गोरखा जिल्लाका सचिव खिम गुरुङले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु