अल जजीराका तीन पत्रकार पक्राउ
काठमाडौं ,१५ पुस । टीभी नेटवर्क अल जजीराका तीन पत्रकारलाई इजिप्टको राजधानी कायरोबाट गिरफ्तार गरिएको छ ।
मुस्लिम ब्रदरहुड संगठनका सदस्यसँग गैरकानुनी बैठक गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको मृह मन्त्रालयले बताएको छ । सेना समर्थित सरकारले गत साता मात्र ब्रदरहुडलाई आतंकवादी संगठन घोषणा गरेको थियो । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अल जजीराले राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने खबर प्रशारण गरेको आरोप लगाइएको छ ।पक्राउ पर्नेमा अलजजीरा अग्रेजीका कायरो ब्यूरो प्रमुख मोहम्मद फादेल फाहमी, पीटर ग्रेस्टे र क्यामरामेन मोहम्मद फैजी रहेका छन् । साथै पत्रकाहरुसँग भएको क्यामरा र रेकर्डिङ समेत नियन्त्रणमा लियएको छ ।गत जुलाईमा सेनाले चुनाव जितेर आएका मोहम्मद मुर्सीलाई राष्ट्रपतिबाट हटाएको थियो ।