बाइडेनद्धारा अफगानिस्तानमा थप एक हजार सेना पठाउने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक हजार अमेरिकी सैनिक अफगानिस्तान पठाउने बताएका छन । बाइडेनले शनिबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने घोषणा गरेका हुन् ।
विज्ञप्तिमा बाइडेनले भनेका छन -, ‘अमेरिकी कर्मचारी र अन्य कर्मचारीहरुलाई सुरक्षित अमेरिका ल्याउन र त्यहाँ अमेरिकी सेना रहँदा सहयोग गर्नेहरुलाई सुरक्षित फिर्ता गर्न अमेरिकी सेना अफगानिस्तान जान लागेको हो ।’ – एजेन्सी