‘ अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउ ‘

२०७८ श्रावण ३१ गते, आईतवार


काठमाडौ । नेपाल मानव अधिकार संगठनले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको छ । विद्रोही तालिबानले हिंसाको बलमा राजधानी काबुल बाहेकका स्थान कब्जा गरिसकेको अवस्थामा नेपालीहरु जोखिममा परेको भन्दै फर्काउन मानवधिकार संगठनले आग्रह गरेको हो । अहिलेसम्म पनि सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि पहल नथाल्नु दुखद भएको पनि मानवधिकार संगठनद्धारा जारी विज्ञप्तीमा उल्ल्ेख छ । नेपालीहरु अफगानिस्तानमा विदेशी नियोग, दुतावासहरुमा कार्यरत रहेकाले तालिवानीबाट थप जोखिममा रहेको बताइएको छ । मानव अधिकार संगठनले अफगानिस्तानमा लोकतन्त्रको पक्षमा विश्वको जनमत तयार गर्न समेत सवैमा अपिल गरेको छ ।
यसैगरी , अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन कुनै पहल नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गरेको छ । एमालेका विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले अफगानिस्तानमा रहेका नेपालीहरु समस्यामा हुँदा पनि सरकारले उनीहरुको उद्दारमा चासो नदेखाएको आरोप लगाएका हुन् । अन्य मुलुकले अफगनानिस्तानमा रहेका आफ्ना नागरिक फर्काउन थालिसक्दा पनि नेपाल सरकार भने अहिलेसम्म पहल पनि नगरेर गैरजिम्मेवार बनेको डा. भट्टराईको भनाइ छ । संसदमा विपक्षीका तर्फबाट विषय उठाइएको धेरै दिन हुँदा पनि सरकारले चासो नदिएको उनको आरोप छ । तालिबानी हमलाका कारण हिंसाग्रस्त अफगानिस्तानमा रहेका नेपालीलाई फर्काउन सरकारलाई धेरैले दवाव दिदै आएका छन । सरकारले भने तत्कालै उद्दार गनुपर्ने अवस्था नरहेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]