सच्चा क्रान्तिकारी नेता रामवृक्ष यादव

२०७८ भाद्र २ गते, बुधबार
नारायण शर्मा


आज भाद्र २ गते रामवृक्ष यादवको तत्कालीन सत्ताधारी काङ्ग्रेसी जल्लादहरुले निर्ममतापूर्वक हत्या गरेको दिन ! जनयुद्ध सुरु गर्ने तयारीको चरणमा आफ्नो कार्यक्षेत्रमा पूरै समर्पित भएर लागेको देखेपछी सरकारकै निर्देशनमा उहाँको हत्या गरी जनयुद्धको तयारी हुनै नदिने, भैहाले तत्काल घाँटी निमोठेर सिद्धाइदिने र क्रान्तिलाई हठात् र बलात् रोक्ने धृष्टता स्वरुप उहाँ जस्ता सरल, नरम, शिष्ट, मिष्ट अर्थात् सादा जीवन उच्च विचार तथा कडा परिश्रम र कठोर संघर्षका पर्यायको हत्या भएपछि उहाँको सहादत क्रान्तिको लागि रक्तबीज बनेर जनयुद्धको दावानल देसैभरी फैलियो ! त्यसैले उहाँ विशेष रुपले स्मरणीय, श्रद्धेय र अभिनन्दनीय हुनुहुन्छ !
उहाँले परिवारका सम्पूर्ण सदस्यहरुलाई यसरी प्रशिक्षित गर्नु भएको थियो कि सबै युद्धको भट्टीमा होमिएर हत्याको बदला लिन कस्सिनु भयो ! त्यसदौरानमा एकमात्र छोरा, छोरीज्वाइँको समेत हत्या भयो तैपनी अनवरत रुपले यो परिवार युद्धमा लागिरह्यो ! आफूलाई मात्र होइन परिवार, समाज र राष्ट्रलाई नै क्रान्तिकारीकरण गर्ने कुरामा उहाँको अतुलनीय योगदान रहेको छ !


तर विडम्बना उहाँलाई मार्न लगाउने दल र नेता-कार्यकर्तासंग आज माओवादी नेतृत्वले घाँटी जोडेर, जनयुद्धको बलमा ल्याएको गणतन्त्रमा अझ उसैलाई नायक मानेर आफ्नो क्षुद्र व्यक्तिगत, पारिवारिक र गुटगत स्वार्थपूर्ती गर्ने खेल भैरहेको छ ! लाग्छ, यो उहाँप्रतिको ठूलो अपमान त हो नै साथै जनयुद्ध र यसमा सहादत प्राप्तगर्ने सबै सहिदहरुप्रतिको धोकाधडी हो ! औपचारिकता र आवरणमा धुमधाम गरी आज उहाँको स्मृती दिवस मनाएर आफ्ना यसप्रकारका गल्तिकमजोरी छोप्नु उहाँ र उहाँका विचार, भावना, कर्म र योगदानहरुको अवमूल्यन हुनजान्छ ! त्यसैले उहाँका सपना साकार पार्न यो कोर्स अबिलम्ब करेक्सन गर्नु जरुरी छ ! हार्दिक क्रान्तिकारी सम्झना, सलाम र श्रद्धान्जली जनताका सच्चा क्रान्तिकारी नेता रामवृक्ष यादव !

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु