‘ भ्रष्टाचार नियन्त्रणलाई प्रमुख एजेण्डा बनाउ ‘

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले भ्रष्टाचार नियन्त्रणसँगै कोरोना महामारी नियन्त्रणमा सर्पक्षीय प्राथमिकता जुटाउन सरकारलाई आग्रह गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २६औँ स्थापना दिवसको अवसरमा सो संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग र महासचिव मुकुन्दबहादुर प्रधानले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका लागि सरकारसँग अपिल गरेका हुन् । अध्यक्ष र महासचिवद्वयले नेपालमा राजनीति र निजी स्वार्थको लागि पदको दुरुपयोग प्रमुख समस्या भएको उल्लेख गर्दै उनीहरुले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई राज्यका प्रमुख एजेण्डा बनाउन माग गरेका छन् । सरकार गठन भएको एक महिना पुगिसकेकोले मन्त्रिपरिषदलाई पूर्णता दिई सेवाप्रवाहलाई प्रभावकारी बनाउन र राजनीतिक हस्तक्षेत बन्द गर्न भनेका छन् ।
