कलाकार शम्भुराज थापा ‘बखते’ काे निधन

काठमाडौं । नेपाली हास्यकलाकार शम्भुराज थापा ‘बखते’ काे निधन भएको छ। काेराेना संक्रमित भएपछि उनलाई केही दिनदेखि पाटन अस्पतालमा भर्ना गरिएकाे थियो। ६४ वर्षीय थापाको आज बिहान ४:४० मा उपचारकै क्रममा निधन भएको हो । थापाले नेपाली हास्य टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सै लगायतका सिरियलहरूमा अभिनय गरेका थिए । चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाको श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।