नेकपा बारबर्दिया अन्तर्गत वडा नं. ३ वडा कमिटी बिस्तार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बर्दियाको बारबर्दिया नगरपालिका , ३ को वडा कमिटीको प्रथम भेला तथा जनसेवा संङ्गठन विस्तार अभियान , बारबर्दियाको वडा कमिटी शुक्रबार सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता तथा संचालक वडा कमिटी अध्यक्ष मीन बहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि बारबर्दिया नगर इन्चार्ज लोकेशराज जोशीले सम्बोधन गरेका थिए । उनले घरघरमा नेकपा, टोलटोलमा कमिटी भन्ने उद्देश्यका साथ जनसेवा तथा संङ्गठन बिस्तारमा लाग्न्न नगर कमिटीलाई निर्देशन दिए ।
उक्त कार्यक्रमको अतिथिमा नगर् सेक्रेटरी रमेश बहादुर बिक बिजय , अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ बारबर्दियाका अगुवा नर बहादुर छिनाल , थारू मुक्ति मोर्चाका नेता बाबुलाल थारू रहेका थिए ।
सो भेलाले नेकपा कम्युनिस्ट पार्टी बारबर्दियाको वडा ३ का कमिटी अध्यक्ष मीन बहादुर बिकको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी चयन गरेको छ । नेकपा बर्दिया जनसेवा तथा संङ्गठन बिस्तार अभियानमा तिब्ररुपमा लागेको बताईएको छ। -रमेश प्याकुरेल