हत्यारालाइ सभासद बनाइयो : वली

२०७० पुष १६ गते, मंगलवार


काठमाडौं,१६ पुस – एकीकृत नेकपा माओवादीका नेता हेमन्तप्रकाश वलीले एमाओबादीले हत्यारा लाइ सभासद बनाएको बताएका छन् । उनले जनयूद्धमा आफ्नी छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाह आफ्नो स्थानमा समानुपातिक सभासद भएको भन्दै पार्टीलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।रिपोर्टर्स क्लवले काठमाडौंमा गरेको साक्षात्कारमा वलीले पार्टीले यस्ता गल्ती तत्काल नसच्याए भावी परिणाम राम्रो नहुने चेतावनी दिए । ‘मैंले जनमुक्ती सेनाको कमिसार भएरु काम गरे, तीन वर्ष जेल बसे, छोरी गुमाएँ,’ वलीले भन्नुभयो ‘तर अहिले मेरो ठाउँमा मेरै छोरीको हत्या गर्ने रविन्द्र प्रताप शाह सभासद भए ।’यस्तै अवस्था रहे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्व क्षमतामा समेत प्रश्न उठ्ने उनले बताए । पार्टीभित्र त्यागी ईमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउन खोजिएको र अवसरबाट बञ्चित गर्न खोजिएको भान भएको भन्दै वलीले अरु पार्टीमा जस्तै एमाओवादीमा पनि प्रदुषणले भरिएको ठोकुवा गरे ।वलीले पार्टीहरुभित्र फैलिएको विकृति अन्य गर्न सबै पार्टीका यूवाहरुले संयूक्त रुपमा अन्तर्राष्ट्रिय प्रतिष्ठान बनाएर अघि बढ्नु पर्नेमा समेत जोड दिए । समानुपातिक निर्वाचन प्रणाली असफल भई नसकेपनि यसको परिणाममा केही विकृति देखिएकाले यसको औचित्यको विषयमा आफूले पनि पार्टीभित्र बहस सुरु गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
यसैबिच , समानुपातिक सूचीमा असन्तुष्टी जनाउँदै एमाओवादीका कार्यकर्ताले सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयका सामग्री जलाएर तालाबन्दी गरेका छन् ।पार्टीले जिल्लाबाट समानुपातिक सुचीमा सभासद नसमेटेको भन्दै एमाओवादी कार्यकर्ताले आफ्नै पार्टी कार्यालयको फर्निचर, कागजपत्रलगायत सामग्री जलाएका हुन् । पार्टी कार्यालय परिसरमा सामग्री जलाएर उनीहरुले अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् ।
आगजनी र तालाबन्दी गर्ने पार्टी कार्यकर्ताहरुले प्रेस विज्ञप्ति प्रकाशित गरि जिल्लाबाट कुनै पनि नेता समानुपातिक सभासदमा सिफारिश नभएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।
वाईसीएल क्षेत्र नं. २ का अध्यक्ष राजेश अधिकारी र सचिव अमृत तामाङद्धारा हस्ताक्षरीत विज्ञप्तीमा समानुपातिकमा जिल्लाबाट सहिद परिवारको प्रतिनिधित्व हुनुपर्ने, जिल्ला अधिवेशन तत्काल गरिनुपर्ने माग राखिएको छ ।
एमाओवादीका पूर्व जिल्ला इन्चार्ज रामबहादुर भण्डारीले पार्टीले आर्थिक र पारिवारिक हिसाबमा पूर्व आईजीपी रविन्द्रप्रताप शाहलाई समानुपातिक सभासदमा सिफारिस गरेकोमा कार्यकर्ताहरु आक्रोशित भएको बताए । ‘पार्टीले मापदण्डवितरीत समानुपातिक सभासद सिफारिस गरेपछि आगजनी र तालाबन्दी भएको हो ‘, उनले भने ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु