रणउजिरेश्वरी भगवतीको रथायात्रा मन्दिर परिसरमै सिमित

काठमाडौँ । ‘श्री ७ रणउजेश्वरी भगवतीको २०३ औँ रथयात्रा’ यो वर्ष नित्य पूजामै सीमिति हुने भएकाे छ । २०३ वर्ष अघिदेखि चल्दै आएको पाल्पाको सबैभन्दा ठूलो रथयात्रा गतवर्ष जस्तै यस बर्षपनि कोरोना भारस महामारीका कारण ननिकालिने भएको हो । बिक्रम सम्मत १८७१/७२ तिर जितगढीमा भएको युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वको सेनाले अग्रेज सेनालाई हराएको सम्झनामा रथयात्रा निकाल्ने गरिएको हो । कोरोनाको जोखिम रहेकाले सीमित व्यक्तिको उपस्थितीमा मन्दिर परिसरमै रथयात्रा निकाल्ने तयारी गरिएको छ । यो बर्षको जात्रामा सर्वसाधारण सहभागी नहुने व्यवस्थापन समितिले जनाएको छ । जितगढी युद्धमा विजय प्राप्त गरेपछि खुसियालीमा सिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो ।