नेकपा टिकापुर नगर समितिद्वारा अवैध उत्खनन रोक्न माग

२०७८ भाद्र १७ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी टीकापुर नगर समितिले टीकापुर नगर क्षेत्र भित्र कर्णाली नदीमा भईरहेको अवैध उत्खनन रोक्न माग गरेको छ। कर्णाली नदीमा नदीजन्य पदार्थको अवैध उत्खननमा( जेसिबि, एक्साभेटर) जस्ता ठुला मेसिनको प्रयोग गरि उत्खनन गर्दा बस्तिमा जोखिम बढिरहेको भन्दै उत्खनन रोक्न माग गरेको हो। स्थानीय सरकार सञ्चालन सम्बन्धि ऐन, नियमावली र नगरपालिका आफैले बनाएको नदीजन्य पदार्थ उत्खनन र वितरण सम्बन्धि मापदण्डलाई उल्लंघन गरी उत्खनन गर्दा समेत नगरपालिका मूकदर्शक बनेको भन्दै अल्पकालीन रूपमा जनताको जिउधनको सुरक्षाको पहल गर्न माग गरेको छ। टीकापुर नगर इन्चार्ज हृदय बोगटी र सेक्रेटरी जगत बिकद्वारा जारी विज्ञप्तिमा दिर्घकालीनरूपमा समस्या समाधान गर्न समेत माग गरिएको छ।

प्रतिक्रियाहरु

[anycomment]