युवा संगठन नेपाल र अखिल क्रान्तिकारीद्वारा भारतिय हस्तक्षेपबिरुद्ध बिरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल र अखिल क्रान्तिकारीले इलाम सदरमुकामको मुख्य चोकबजारमा नेपालको सिमा क्षेत्र भित्र भारतिय पक्षको हेलिकप्टर हवाइगस्ती, भारतिय बिदेश मन्त्रालयका सचिबको नेपाल प्रतिको हेपाहा अभिव्यक्ति र जबयसिंह धामी हत्या काण्डको बिरोधमा प्रदर्शन गरेका छन । उक्त बिरोध प्रदर्शनमा बोल्दै युवा संगठन नेपाल इलामका संयोजक तथा पार्टिका इलाम नगर सेक्रेटरी मदन गजमेर बिद्रोहीले भारतिय पक्षको नेपाल माथिको अतिक्रमण उत्कर्समा पुगेको हुनाले आंफुहरु यसका विरुद्ध जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए । नेपालका लेण्डुपहरुले रास्ट्रघात गर्दै बैदेशिक हस्तक्षेप र अतिक्रमणको मतियारी गरिरहेको हुनाले यस्ता दलालहरुलाइ युवाहरुले ठेगान लगाउने बताए । उनले यतिबेला एमसिसी पास गराउन सत्ताधारीहरु लागिरहेको हुनाले , एमसिसी पास गराइए आफ्नो पार्टिले गद्धारी गर्ने रास्ट्रघातिहरुको नामोनिसान मेटाइदिने भन्दै आक्रोश ब्यक्त गरेका छन ।
र्यालि सहित कोण सभा गरेको प्रदर्शन कार्यक्रममा अखिल क्रान्तिकारी इलाम जिल्ला संयोजक बिनोद मगरले पनि आफ्नो मन्तव्य राखेका थिए । उनले आंफुहरु रास्ट्रीय स्वाधिनता रक्षा र जनताको हितको निम्ति बलिदान गर्न तयार रहेको बताए ।