यस्तै छ यहाँ

झपेन्द्रराज बैद्य २०७८ भाद्र २० गते, आईतवार

मुठ्ठीभरको स्वर्ग छ यहाँ

फटाहाहरुको चकचकी छ ।

गुण्डाहरुको बिगबिगी छ

यस्तै छ यहाँ ।

गुण्डाहरुको राज छ

भद्दा नाटक मन्चन छ

बिदेशीको चलखेल छ

माफियाहरुको मालामाल छ ।

घुस भ्रष्टाचार खुलेयाम छ

जसको शक्ति उसैको भक्ति छ

न्याय हराएको छ

कानुन मिचिएको छ ।

संविधान च्याथाच्याथ छ

अध्यादेशको शृंखला छ

अरबौंको भ्रष्टाचार टाउकाले छेक्छ

अनि खुट्टाले थाम्छ ।

कत्रो मुख ? वाइडबडी निल्यो

एन्सेल भागबण्डा मिल्यो

प्रिन्टिङ प्रेस बिलायो

भिडियो पचायो

सुने बैरो बनाउने

देखे अन्धा बनाउने

यस्तै छ नेपालमा

विकासभन्दा तर्सिने

समाजवादभन्दा पन्छिने

यसमा वैज्ञानिक थप्दा सातो हराउने

जे–जे हुन्छ बिदेशबाट सेन्सर हुन्छ ।

भारत रिसाउला कि ?

अमेरिका रिसाउला कि ?

भारतले अन्याय गर्दा चूप

जयसिंह धामी तुहिनमा मारिदा चूप

पिलर सार्दा चूप

लिपुलेखको नक्सा भारतमा गाभिँदा पनि चूप

एमसीसी अफिस बनाउँदा पनि चूप

भारतले कालापानीमा सडक बनाउँदा पनि चूप

गौरवशाली नालापानीको पकडमा चूप

सुस्तामा चैध सय हेक्टर मिचिँदा पनि चूप

संसदीय ब्यबस्था यस्तै हुन्छ

जति चूपलाग्यो उति निल्छ

वैज्ञानिक समाजवाद कि

संसदीय ब्यबस्था ?

जनमत गर्न हिम्मत छ ?

संसदीय व्यवस्था असफलसिद्ध छ

बेलैमा होसियार ! जनता सर्बोच्च हुन्

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बाघको बच्चाले घाँस खाँदैन

२०८२ जेष्ठ २० गते, सोमबार

गायक तथा संगीतकार गणेश रसिकको निधन

२०८२ जेष्ठ १९ गते, आईतवार

गणतन्त्र दिवस

२०८२ जेष्ठ १६ गते, बिहीबार