नेकपाद्वारा एमसीसीसम्बन्धी सबै कार्यक्रम बन्द गर्न आग्रह

२०७८ भाद्र २१ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीसम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने जनाउ दिएको छ । सो पार्टीका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गरेर नेपाललाई अफगानिस्तानजस्तै युद्धभूमि बनाउने षड्यन्त्र बन्द गर्न चेतावनी दिँदै १० अर्बभन्दा बढी रकम स्वाहा बनाइसकेको एमसीसीसम्बन्धी सबै कार्यक्रम बन्द नगरिए परिणाम भयावह हुने जनाउ दिएका हुन् । नेता बास्तोलाले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्, ‘नेपाल सरकारले नियतबस वा वैदेशिक दबाबमा एमसीसीजस्तो राष्ट्रघाती सहमति संसद्बाट पारित गर्ने कोसिस गर्दैछ भत्रे आशङ्का आमरूपमा नेपाली राजनीतिक वृत्तमा गरिएको छ । यसप्रकारको सहमति तत्काल खारेज गर्नुको सट्टा संसद्बाटै पास गराउनु नेपाली राजनीतिक इतिहासमा सबैभन्दा ठूलो भूल र कलङ्क हुनेछ । यो सहमति संसद्बाटै पारित हुने वा कुनै पनि बहानामा यो कार्यान्वयन हुने अवस्थामा नेपालको असंलग्न परराष्ट्रनीतिको विपरीत नेपाललाई अमेरिका वा यसको सैन्य गठबन्धनको कठपुतली बनाउने, नेपालका प्राकृतिक सम्पदाहरूमाथि विदेशी प्रभुत्व लादिने, क्षेत्रीय सन्तुलनमा अस्थिरता र गडबडी ल्याउने, नेपाली जनताले राष्ट्रियताको भीषण युद्धको अनावश्यक दुष्चक्रमा फस्नुपर्ने अवस्था आउने र अन्ततोगत्वा यसले देशलाई अफगानिस्तान बनाउने अवस्था उत्पन्न गर्र्नेछ ।’

नेता बास्तोलाले वक्तव्यमा भनेका छन्- ‘एमसीसीका नाममा अहिलेसम्म अनायास देशको १० अर्बभन्दा बढी राष्ट्रिय ढुकुटी केही माफिया, केही राजनीतिज्ञ, केही दलालहरूबाट स्वाहा पारिएको भए पनि यो योजना तत्काल खारेज होस् भत्रे हाम्रो पार्टीको माग रहिआएको छ । नेपाल सरकार तथा सरोकारवालाहरूलाई संयुक्त राज्य अमेरिकासँगको यो सहमति तत्काल खारेज गर्न, एमसीसी तथा यससँग सम्बद्ध एमसीएलगायत कार्यालयहरू पूर्ण रूपले बन्द गर्न, यससँग सम्बन्धित सबै कर्मचारीहरूलाई अन्य विभागीय कामहरूमा व्यवस्थापन गर्न र यसबारे भएका सबै कार्यक्रमहरू तत्काल बन्द गर्नका लागि नेपाल सरकार र सम्बन्धित सबैलाई हाम्रो पार्टी अपिल गर्दछ ।’
बास्तोलाको वक्तव्यको अन्त्यमा भनिएको छ- ‘यसप्रकारका सहमतिहरू कमजोर देशहरूमाथि जबर्जस्ती थोपर्र्दै नेपालजस्तो देशमा अस्थिरता पैदा गर्ने र उत्पीडित देशहरूविरुद्ध हस्तक्षेप गर्न नचाहने अमेरिकी जनताको भावनाविपरीत काम नगर्न संयुक्त राज्य अमेरिकाजस्तो जिम्मेवार देशलाई पनि हाम्रो पार्टी अपिल गर्दछ । राष्ट्रघाती एमसीसी परियोजना पूर्ण रूपले खारेज नहुँदासम्म यसका विरुद्ध सङ्घर्षमा एकताबद्ध हुन सम्पूर्ण नेपाली जनतामा हाम्रो पार्टी अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]