जनपत्रकार संगठनसहित ६ पत्रकार संगठनद्वारा एमसीसी खारेज गर्न माग

काठमाडौं । जनपत्रकार संगठनसहित ६ पत्रकार संगठनले एमसीसी खारेज गर्न माग गरेका छन । जनपत्रकार संगठन, नेपालका संयाेजक शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष उदय जिएम , प्रेस सेन्टर, नेपालका सचिव) भीम ब. विश्वकर्मा , देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्रकुमार प्रसाई , अखिल नेपाल पत्रकार युनियनका संयोजक यज्ञ दंगालद्वारा संयुक्त रुपमा जारी गरेकाे वक्तव्यमा एमसीसी सम्झौतामा रहेका शर्तहरुले नेपालकाे संविधानलाई अधिनस्थ बनाउने, नेपालको असंलग्न परराष्ट्र नीति, देशको स्वाधीनता, सार्वभौमिकता एवम् अखण्डतामा गम्भीर आँच आउने प्रष्ट देखिएकाे उल्लेख गर्दै खारेजीकाे माग गरेका छन् ।
ति संगठनद्वारा वक्तव्यमा एमसीसीका पदाधिकारीकाे हुन लागेकाे भ्रमण र अासन्न संसदकाे अधिवेशनबाट एमसीसी पास गर्ने गरि भइरहेका समग्र गतिविधिकाे घाेर विराेध गरिएकाे छ भने एमसीसी सम्झाैता संसदमा टेवल नगर्न र एमसीसीकाे पक्षमा मत नदिन प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई विशेष आग्रह गरिएकाे छ । साथै, यस्ताे राष्ट्रघाती एमसीसी सम्झाैताकाे पृष्ठपाेषण हुने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन सबै सञ्चारमाध्यमलाई समेत हार्दिक आग्रह गरिएकाे छ ।
वक्तव्यमा सम्पुर्ण देशभक्त नेपालीहरुलाई एमसीसी सम्झाैता खारेजीका लागि आन्दाेलित हुन आव्हान समेत गगरिएकाे छ र खारेजीकाे पक्षमा २२ दलीय मार्चा लगायत, सचेत देशभक्त नागरिकहरुले चलाएका तथा घाेषणा गरेका आन्दाेलन, अभियानप्रति ऐक्यबद्धता जाहेर गरिएकाे छ ।