नेकपा एमसीसीसम्बन्धमा पत्रकार सम्मेलन गर्दै

२०७८ भाद्र २५ गते, शुक्रबार


काठमाडौँ । एमसीसीविरुद्ध सङ्घर्षको शंखघोष गरेर सडक आन्दोलनमा होमिएको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्बन्धमा पार्टीको धारणा थप प्रष्ट पार्न पत्रकार सम्मेलन गर्ने भएको छ । सो पार्टीले भोलि अर्थात भाद्र २६ गते, शनिवार विहान ११ः०० बजे प्रज्ञाभवन, कमलादीमा पत्रकार सम्मेलन गर्ने जनाएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको उपस्थितिमा हुने उक्त पत्रकार सम्मेलनमा उपस्थित भै समाचार संकलन गरी प्रकाशन तथा प्रसारण गरिदिन उक्त पार्टीले सबै संचार माध्यमलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]