स्रोत नखुलेको ९५ लाख नगदसहित दुई भारतीय पक्राउ

२०७८ आश्विन ९ गते, शनिबार


काठमाडौं । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले स्रोत नखुलेको ९५ लाख नगदसहित दुई भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ । शनिबार चितवनबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गर्दा दुई जना भारतीय नागरिकबाट स्रोत नखुलेको ९५ लाख नगद भेटिएपछि पक्राउ गरेको हो । ग१ख ६६४५ नम्बरको यात्रुबाहक बसमा उनीहरु चितवनबाट काठमाडौं आउँदै थिए । पक्राउ पर्नेमा भारत मुम्बई महाराष्ट्र प्रदेश सङ्ली जिल्ला थाना घर भएका २६ वर्षीय सागर माली र १९ वर्षीय कुष्ण अढाडे छन्। टोलीले मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको छ । स्रोत नखुलेको रकम (हुण्डी कारोबार)सहित पक्राउ परेका दुवैलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]